एनसेलमा सीआईबी प्रहरीको छापा
काठमाडौं– नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी) ले दूरसञ्चार सेवा प्रदायक संस्था एनसेलको लैनचौरस्थित मुख्यालयमा छापा मारेको छ ।

उक्त कम्पनीमा भएको अनियमिततासम्बन्धी अध्ययन गर्न बनेको कार्यदलको प्रतिवेदनको सिफारिस र दूरसञ्चार प्राधिकरणले गरेको पत्राचारका आधारमा एनसेलमाथि अनुसन्धान अगाडि बढाइएको सिआईबीस्रोतले जनाएको छ ।
गैरकानुनी रुपमा स्मार्ट टेलिकमको सामान लिलामी सकारेपछि एनसेल विवादमा मुछिएको हो । त्यसअघि शेयर बाँडफाँडसम्बन्धी विवादास्पद गतिविधिका कारण एनसेल अनुसन्धानको दायरामा आएको सिआईबीस्रोतले जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
स्मार्ट टेलिकम प्रकरणमा नेपाल इन्भेष्टमेण्ट बैंकसँग मिलेर गैरकानुनी रुपमा सम्पत्ति लिलामी गरेपछि उक्त कम्पनीका अन्य विषयमाथि पनि अनुसन्धान अगाडि बढाइएको स्रोतले जनायो । ‘हामीले केही कागजात लिएर आएका छौँ, अनुसन्धान जारी छ’, स्रोतले भन्यो ।



