Close

Recent Posts

तत्कालिन कार्यसमितिको योजना आफनो भन्दै भ्रम फैलाउँदै अवैधानिक संघका अध्यक्ष गुरुङ

तत्कालिन कार्यसमितिको योजना आफनो भन्दै भ्रम फैलाउँदै अवैधानिक संघका अध्यक्ष गुरुङ
  • १ जेष्ठ २०८३, शुक्रबार १२:१७

काठमाडौं– जिल्ला प्रशासन कार्यालयको निर्णय नआउँदा नेपाल वैदेशिक रोजगार व्यवसायी संघ थप अन्योलमा फसेको छ ।

mulpatra

अवैधानिक अवस्थामा पुगेको संघका अध्यक्ष भुवनसिंह गुरुङले तत्कालीन कार्यसमितिले बनाएका योजना र अवधारणालाई आफ्नै उपलब्धि जस्तो प्रस्तुत गर्दै व्यवसायीहरूमा भ्रम फैलाउने काम गरिरहेका छन् ।

नेतृत्वमा पारदर्शिता, वैधानिकता र सामूहिक निर्णयको सम्मान हुनुपर्ने बेला उल्टै पुराना योजनालाई व्यक्तिगत एजेण्डा बनाएर प्रचार गर्नुले संघभित्रको असन्तोष अझ बढाएको देखिन्छ ।

mulpatra mulpatra mulpatra

असन्तुष्टपक्षले कार्यसमिति विघटनको घोषणा गर्दै नयाँ निर्वाचनमा जानेबारे प्रशासनलाई जानकारी गराए पनि बुधबारसम्म प्रशासनबाट कुनै निर्णय आएको छैन ।

उता संघका अध्यक्ष भुवनसिंह गुरुङले आफनो समुहले काठमाडौंको सिडियोलाई पैसा खुवाएको र आफु अध्यक्ष पद कायम रहने भन्दै आफुनिटक व्यवसायीसँग भन्दै हिडेका छन् ।

अध्यक्ष भुवनसिंह गुरुङ पक्षले विधानमा भएको त्रुटिमा टेकेर चलखेल गरिएको आरोप लगाइरहँदा राजीनामा दिएको पक्ष भने निर्वाचनको मिति घोषणा गरेर अघि बढेको छ ।

Image Source: © https://mulpatra.com

गुरुङ समुहले २०७४ सालमा संशोधन भएर हालसम्म अभ्यासमा रहेको विधानमा अहिले आएर त्रुटि भएको आरोप लगाइरहेका छन् । तर असन्तुष्ट पक्षले भने त्यो आरोप अपरिपक्व भएको बताएका छन् ।

सोमबार लामो रस्साकस्सीपछि संघको विधानको दफा २६ (४)को प्रावधान अनुसार वर्तमान कार्यसमिति विघटन भएको घोषणा गरिएको थियो ।

संघमा अवैधानिक अध्यक्ष भइसकेका गुरुङले आफु अध्यक्ष नै भनेर तत्कालिन अध्यक्ष राजेन्द्र भण्डारी र महासचिव मेघनाथ भुर्तेल नेतृत्वले बनाएको योजना बाहिर ल्याएका छन् ।

यो बुद्धा तत्कालिन कार्यसमितिको हो । उनले नाम मात्र फेर

संघको हितका लागि बनेका योजना कुनै एक व्यक्तिको होइनन्, ती समग्र व्यवसायी र कार्यसमितिको सामूहिक मेहनतको परिणाम हुन् । त्यसैले वास्तविकता लुकाएर भ्रम सिर्जना गर्नु भन्दा नेतृत्वले आफ्नो कार्यक्षमता, नयाँ योजना र व्यवसायीको विश्वास जित्ने काम गर्न आवश्यक छ ।

संघको हालको विधानमा कार्यसमितिका दुईतिहाइ पदाधिकारीले सामूहिक राजीनामा दिएमा कार्यसमिति स्वतः विघटन हुने र सोही दिन सल्लाहकारहरुको रोहवरमा सात सदस्यी प्रबन्ध समिति बनाइने भनिएको छ ।

उक्त प्रबन्ध समितिले २१ दिनभित्र विशेष साधारणसभा बोलाइ सोही दिन निर्वाचन गराउने विधानमा उल्लेख गरिएको छ । यही प्रावधानमा टेकेर संघका निवर्तमान अध्यक्ष राजेन्द्र भण्डारीको संयोजकत्वमा सात सदस्यीय प्रबन्ध समिति गठन गरिएको छ । प्रबन्ध समितिले संघको प्रशासनिक काममा पनि लागेको जनाएको छ ।

संघको विधानमै भएको व्यवस्थाबमोजिम अघि बढिरहेकाले कुनै विवाद आवश्यक नभएको प्रबन्ध समितिका संयोजक भण्डारीको बनाइ छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com