सन्दीपको विश्व कीर्तिमानः ७३ म्याचमा लिए १५० विकेट
काठमाडौं नेपालका स्पिनर सन्दीप लामिछाने एक दिवसीयमा सर्वाधिक छिटो १५० विकेटको विश्वकिर्तिमान राखेका छन् । आज जारी म्याचमा स्कटल्यान्डविरुद्ध २ विकेट लिँदै उनले यो कोसेढुंगा पार गरेका हुन् ।

सन्दीपले ७३ म्याचमा १५० लिएका छन् । यसअघि यो रेकर्ड अष्ट्रेलियाका मिचेल स्टार्कको नाममा थियो । स्टार्कले ७७ म्याचमा १५० विकेट लिएका थिए ।
स्कटल्यान्डका ब्रान्डेन म्याकमुलनलाई आउट गर्दै सन्दीपले १५० विकेट पु¥याएका हुन् ।
![]() |
![]() |
![]() |
|---|



