कारागारबाट भागेर प्रेमीको डेरामा लुकेकी सपना पक्राउ
काठमाडौं– केन्द्रीय कारागार, जगन्नाथदेवलस्थित महिला बन्दीगृहबाट शुक्रबार भागेकी सपना तामाङ आइतबार राति पक्राउ परेकी छन् ।

असनस्थित प्रेमीको डेरामा लुकेको अवस्थामा उनी फेला परेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सन्तोष खड्काले बताए ।
भोजपुर घर भई असनमा डेरा गरी बस्ने समीर श्रेष्ठसँग उनको जेलमा भएकै अवस्थामा चिनजान भएको थियो । समिरकी आमा पनि कारागारमा कैद छन् ।
![]() |
![]() |
![]() |
|---|
आमा भेट्न जाने क्रममा सपनासँग चिनजान हुँदै प्रेम सम्बन्ध विकास भएको एसएसपी खड्काले बताए ।
नुवाकोट, विदुर नगरपालिका–१३ की २५ वर्षीया उनी अपहरण, शरीर बन्धक तथा कर्तव्य ज्यान मुद्दामा आजन्म कैद भुक्तान गरिरहेकी थिइन् ।
समिरकै उक्साहटमा सपना जेलबाट भागेको खड्काले बताए । भागेपछि रमाइलो गर्न उनीहरू डेरामा पुगेको प्रहरी अनुसन्धानमा खुलेको छ ।
Image Source: © https://mulpatra.com
सपनालाई कारागारमा फिर्ता ल्याएको कारागार प्रशासक (जेलर) कृष्ण चापागाईंले बताए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



