Close

Recent Posts

२ वर्षदेखि इजरायल जान नपाएको कामदार आन्दोलित, सरकारले कामदार पठाउन देशकै हालत

२ वर्षदेखि इजरायल जान नपाएको कामदार आन्दोलित, सरकारले कामदार पठाउन देशकै हालत
  • ५ जेष्ठ २०८३, मंगलवार १३:३२

काठमाडौं– इजरायल रोजगारी खुल्ने विषय अन्योलमा पर्दा विगतदेखि प्रक्रिया पूरा गरेर प्रतीक्षामा रहेका नेपाली युवाहरू आन्दोलित बनेका छन् ।

mulpatra

उनीहरूले आज राजधानीको माइतीघर मण्डलामा प्रदर्शन गरेका छन् । २०८१ मा भएको गोलाप्रथा (लकी ड्र) मा छनोट हुन नसकेका उम्मेदवारहरूलाई आगामी कोटामा स्वतः समावेश गरिने आश्वासन विभागका अधिकारीहरूले पटक–पटक दिँदै आएका थिए ।

नीहरूले वैदेशिक रोजगार विभाग, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय तथा परराष्ट्र मन्त्रालयमा डेलीगेसन जाने र ज्ञापनपत्र बुझाउने कार्य गर्दै आएका छन् ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगार विभागले इजरायल रोजगारीको नयाँ प्रक्रिया चाँडै सुरु हुने संकेत दिए पनि हालसम्म आधिकारिक सूचना सार्वजनिक नगर्दा हजारौँ उम्मेदवार अन्योलमा परेका हुन् ।

विसं यही विश्वासका आधारमा धेरै युवाहरूले नयाँ आवेदन प्रक्रिया कुर्ने निर्णय गरेका थिए। तर लामो समय बितिसक्दा पनि ठोस निर्णय नआउँदा उनीहरूमा निराशा बढ्दै गएको छ ।

यसबीच, सञ्चार माध्यमहरूमा इजरायलका लागि करिब २३०० नयाँ कोटा खुल्ने तयारी भइरहेको र पुराना उम्मेदवारहरूले समेत पुनः नयाँ लकी ड्र प्रक्रियामा सहभागी हुनुपर्ने समाचार सार्वजनिक भएपछि पीडित उम्मेदवारहरूको असन्तुष्टि थप चर्किएको छ ।

Image Source: © https://mulpatra.com

पीडित उम्मेदवारहरूले आफूहरूलाई पुनः नयाँ गोलाप्रथामा सहभागी गराउनु अन्याय हुने बताएका छन् । उनीहरूका अनुसार विगत दुई वर्षदेखि सम्पूर्ण प्रक्रिया पूरा गरी प्रतीक्षामा बसेका उम्मेदवारलाई फेरि प्रारम्भिक चरणबाटै प्रक्रिया थाल्न बाध्य बनाइनु मानसिक तथा आर्थिक रूपमा ठूलो बोझ हो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com