सरकारप्रति अमरेश सिंह असन्तुष्ट, संसदमा अर्थमन्त्री नदेखेपछि झोक्किए
काठमाडौं– प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारको क्रमभंगताप्रति रास्वपाकै सांंसदले असन्तुष्टि जनाएका छन् । बजेटका प्राथमिकतामाथि छलफलमा हुँदा अर्थमन्त्री स्वर्णिम वाग्ले नदेखिएपछि सांसद अमरेश सिंह झोक्किएका छन् ।

उनले भने, ‘परम्परा तोड्ने नाममा सबै परम्परा तोडिदिने, बजेटका प्राथमिकतामाथि छलफल हुँदा अर्थमन्त्री जहिले पनि बस्ने सिस्टम छ ।
परराष्ट्रमन्त्रीले बजेट बनाउने होइन । पछिल्लो २० वर्षदेखि पहिलो पटक देख्दै छु, अर्थमन्त्रीबिनाको छलफल, नयाँको नाममा सबै चीज भत्काउने भए सिंहदरबार, प्रधानमन्त्री, मन्त्री पद पनि भत्काउ ।’
उनले मधेशको भोट लिएर बनेको सरकारले मधेशीलाई प्राथमिकता नदिएको भन्दै असन्तुष्टि जनाए।उनले भने, ‘मधेशको लागि एउटा प्याकेजको अपेक्षा गरेको थिएँ, यो सरकारमाथि मधेशको अधिकार पनि छ।
![]() |
![]() |
![]() |
|---|
प्रत्यक्ष र समानुपातिकमा पनि सबैभन्दा बढी भोट मधेशले दिएको छ। मधेश विस्फोटको स्थितिमा छ। त्यो विस्फोट हुनुभन्दा पहिला त्यसको उपचार गर्नुस्। न उसको सत्तामा अनुहार हुन्छ, न नियुक्तिमा, यसरी राज्य चल्दैन।’
उनले मधेशलाई सरकारले समेट्न नसकेको भन्दै चर्को असन्तुष्टि व्यक्त गरे।



