कांग्रेसमा समानान्तर गतिविधिः संस्थापन इतर समूहले खोल्यो सम्पर्क कार्यालय

कांग्रेसमा समानान्तर गतिविधिः संस्थापन इतर समूहले खोल्यो सम्पर्क कार्यालय
  • ५ जेष्ठ २०८३, मंगलवार १४:४५

काठमाडौं । विशेष महाधिवेशन गरेर गगन थापाको नेतृत्वमा अघि बढेको नेपाली कांग्रेसमा समानान्तर गतिविधि अघि बढेको छ । कांग्रेसको संस्थापनइतर समूहले अनामनगरकाठमाडौंमा सम्पर्क कार्यालय स्थापना गरेपछि पार्टी फुट तर्फ अघि बढेको संकेत समेत गरेको छ ।

mulpatra

पूर्वसभापति शेरबहादुर देउवा निकट नेताहरुले सम्पर्क कार्यालय खोलेपछि कांग्रेस भित्रको विवाद बाहिर आएको छ । नेताहरू गुरु बराल, जितजंग बस्नेत, जित शेरचन, कुन्दन काफ्ले, केदार कार्कीलगायतको सक्रियतामा सम्पर्क कार्यालय खुलेको हो ।

यता कोशी प्रदेशका पूर्व मुख्यमन्त्रीले भने सम्पर्क कार्यालय पार्टीको १५औँ महाधिवेशनलाई एकता महाधिवेशन बनाउने तयारीका लागि खोलिएको जनाएका छन् ।
पार्टीमा शेरबहादुर देउवा, शेखर कोइराला पक्षधरलाई समेट्न नसकेको आरोप सभापति गगन थापामाथि लागिरहेको बेला सम्पर्क कार्यालय खोलिनुले कांग्रेस भित्र के हुन्छ भन्ने प्रश्न खडा गरेको छ ।

mulpatra mulpatra mulpatra