Close

Recent Posts

अध्यादेशबाट मुक्त, शिक्षा मन्त्रीले गरे पुनः उनैलाई नियुक्त

अध्यादेशबाट मुक्त, शिक्षा मन्त्रीले गरे पुनः उनैलाई नियुक्त
  • ५ जेष्ठ २०८३, मंगलवार १५:४४

काठमाडौँ । सरकारले जारी गरेको नयाँ अध्यादेशमार्फत पदमुक्त भएका काठमाडौं विश्वविद्यालय (केयू) का पदाधिकारीहरूलाई पुनः जिम्मेवारीमा फर्काइएको छ। विश्वविद्यालयको शैक्षिक तथा प्रशासनिक काम प्रभावित हुन थालेपछि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री सस्मित पोखरेलले तत्काल पुरानै पदाधिकारीलाई निरन्तरता दिन निर्देशन दिएका हुन्।

mulpatra

सरकारले अघिल्लो सरकारको पालामा राजनीतिक नियुक्ति भएका पदाधिकारीहरूलाई स्वतः पदमुक्त हुने व्यवस्था गर्दै अध्यादेश ल्याएको थियो। राष्ट्रपतिबाट अध्यादेश जारी भएसँगै केयूका विभिन्न सङ्कायका डिनहरू र उच्च तहका पदाधिकारीहरू पनि जिम्मेवारीमुक्त भएका थिए।

तर, विश्वविद्यालयमा नेतृत्व रिक्त हुँदा दैनिक प्रशासनिक तथा प्राज्ञिक गतिविधि अवरुद्ध हुन थालेपछि रिक्त रहेका सातवटै सङ्कायका डिनहरूलाई पुनः सोही जिम्मेवारीमा फर्काइएको स्रोतले जनाएको छ।

mulpatra

केयूमा मानविकी, शिक्षा, कानुन, इन्जिनियरिङ, व्यवस्थापन, मेडिकल साइन्स र साइन्स सङ्काय सञ्चालनमा छन्। ती सबै सङ्कायमा डिन नहुँदा परीक्षा, शैक्षिक योजना, प्रशासनिक निर्णयलगायत काम प्रभावित बनेका थिए।

अध्यादेश लागू भएपछि उपकुलपति डा. अच्युत वाग्ले पदमुक्त बनेका छन् भने हाल प्रा. डा. ऋषिकेश वाग्लेले कार्यवाहक उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्। उनले सोमबार शिक्षामन्त्री पोखरेलसँग भेट गरी विश्वविद्यालयमा नेतृत्व अभावले काम सञ्चालनमा समस्या भएको जानकारी गराएका थिए।

Image Source: © https://mulpatra.com

त्यसपछि मन्त्री पोखरेलले अर्को व्यवस्था नभएसम्म पुरानै डिनहरूलाई निरन्तरता दिन निर्देशन दिएका हुन्। केयू रजिस्ट्रार कार्यालयले पनि स्थायी व्यवस्था नभएसम्मका लागि मात्रै जिम्मेवारी निरन्तरता दिइएको जनाएको छ।

विश्वविद्यालयको नेतृत्व र शिक्षा मन्त्रालयबीच यस विषयमा थप छलफल जारी रहेको बताइएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com