Close

Recent Posts

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

सरकारलाई चेतावनी दिँदै उपेन्द्र यादवले भने– ‘ऐतिहासिक मधेश जनविद्रोह र संविधान संशोधनका नाममा जनतामा निहित सार्वभौमसत्ताविपरीत काम नगर्नुहोला’

प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्मा नियुक्त

प्रधानन्यायाधीशमा डा. मनोज कुमार शर्मा नियुक्त
  • ६ जेष्ठ २०८३, बुधबार ०५:३१

काठमाडौँ । नवनियुक्त प्रधानन्यायाधीश डा. मनोज कुमार शर्माले मंगलबार सर्वोच्च अदालतको ३३औँ प्रधानन्यायाधीशका रूपमा पदभार ग्रहण गरेका छन्। संघीय संसदअन्तर्गतको संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन भएपछि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष उनले शपथ लिएका हुन्। त्यसपछि सर्वोच्च अदालत पुगेका शर्मालाई न्यायाधीशहरूले स्वागत गरेका थिए।

mulpatra

पदभार ग्रहणपछि शर्माले स्वतन्त्र, निष्पक्ष र जनविश्वासयुक्त न्यायपालिकाको निर्माण आफ्नो कार्यकालको मुख्य लक्ष्य रहने बताएका छन्। उनले न्याय सम्पादनमा कुनै हस्तक्षेप नगर्ने तथा न्यायपालिकाको संस्थागत स्वतन्त्रता अक्षुण्ण राख्ने प्रतिबद्धता व्यक्त गरे।

संविधानको संरक्षकका रूपमा न्यायपालिकाले लोकतान्त्रिक शासन व्यवस्थालाई बलियो बनाउने उल्लेख गर्दै उनले न्यायाधीशहरूको व्यावसायिक निष्पक्षतामा आफूबाट कुनै हस्तक्षेप नहुने बताए।

mulpatra mulpatra mulpatra

प्रधानन्यायाधीश नियुक्तिसँगै शर्मा सबैभन्दा लामो समय कार्यभार सम्हाल्ने अवसर प्राप्त गर्ने सम्भावना रहेको छ। संवैधानिक व्यवस्थाअनुसार प्रधानन्यायाधीशको कार्यकाल ६ वर्षको हुने व्यवस्था छ।