दुर्गा प्रसाईलाई ३ दिन हिरासतमा राख्ने अनुमति
काठमाडौं । नागरिक बचाउ महाअभियानका संयोजक तथा ब्यवसायी दुर्गा प्रसाईंलाई अदालतले ३ दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ ।

पर्सा जिल्ला अदालतले उनलाई विद्युतीय (इलेक्टोनिक) कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा थुनामा राख्न अनुमति दिएको छ ।
प्रसाई वीरगञ्ज बजारमा रहेको गहवा माई मन्दिर दर्शन गर्न र त्यहाँ संरचना भत्काइएका मानिसहरुलाई सम्बोधन गर्न पर्सा पुगेका थिए । त्यहाँ कार्यक्रम गर्न प्रहरीको समेत अनुमति लिइसकेका थिए । तर जेठ ४ मा कार्यक्रम गर्नु अघि नै प्रहरीले उनलाई पर्साको बीरगञ्ज स्थित दियालो होटलबाट पक्राउ गरेर मंगलबार अदालतमा उपस्थित गराएको हो ।
![]() |
![]() |
![]() |
|---|



