Close

Recent Posts

सदनमा पेश भयो दुई विधेयक

सदनमा पेश भयो दुई विधेयक
  • ६ जेष्ठ २०८३, बुधबार १३:३३

काठमाडौं । प्रतिनिधिसभामा छलफलका लागि दुई विधेयक पेश भएको छ । प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानूनमन्त्री शोभिता गौतमले उक्त दुई विधेयक पेश गरेकी हुन् ।

mulpatra

संसदमा पेश भएको विधेयकमा प्रतिनिधि सभा सदस्य निर्वाचन (पहिलो संशोधन) विधेयक २०८३ रहेको छ । त्यसैगरि अर्को विधेयकमा मतदाता नामावली (पहिलो संशोधन) विधेयक २०८३ रहेको छ ।

दुई विधेयक पेश भएपछि आजका लागि सदन स्थगित भएको र भोली बस्ने बैठकबाट छलफल अघि बढाइने छ । सदनमा पेश भएको विधेयकमा छलफल पछि राष्ट्रसभामा पेश हुनेछ ।
प्रतिनिधिसभाको अर्को बैठक भोली ११ः ०० बजे बस्ने भएको छ ।

mulpatra mulpatra mulpatra