कोरिया–इजरायलको नयाँ विज्ञपानको प्रतिक्षा गर्ने मन्त्रालयको कामदारलाई आग्रह
काठमाडौं– सरकारले इजरायलमा ‘लोटरी आउट’ र दक्षिण कोरियामा ईपीएसमार्फत् रोजगारीमा जान लागेका उम्मेदवारलाई नयाँ प्रक्रियामा सहभागी हुन आग्रह गरेको छ ।

युवा, श्रम तथा रोजगार मन्त्रालयले एक विज्ञप्ति निकाल्दै उनीहरूलाई निराश नभई नयाँ प्रक्रियामा सामेल हुन भनेको हो ।
नेपाल र इजरायल सरकारबीच सन् २०२० मा भएको श्रम सम्झौता बमोजिम केयर गिभरका लागि २ हजार ११२ जना नेपाली श्रमिक छनोट भएका थिए । तीमध्ये अधिकांश इजरायल पुगिसकेका र बाँकी जाने क्रममा रहेको मन्त्रालयले जनाएको छ । हिजोमात्र इजरायल जाने पर्खाइमा रहेका युवाहरूले माइतीघरमा प्रदर्शन गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|
सोही प्रक्रियामा सहभागी भई इजरायली निकाय (एक्ष्द्यब्) को लटरीमा छनोट हुन नसकेका १ हजार १५३ जना उम्मेदवारहरूको हकमा कूटनीतिक पहल गरिएको मन्त्रालयले जनाएको छ ।
‘इजरायलले हालको प्रक्रियामा उनीहरूलाई समावेश गर्न नसकिने र आगामी दिनमा खुल्ने नयाँ विज्ञापनमा पुनः सहभागी हुन सक्ने जानकारी दिएको छ’, विज्ञप्तिमा उल्लेख छ ।
मन्त्रालयले आगामी दिनमा खुल्ने नयाँ विज्ञापनमा सहभागी भएर पुनः प्रक्रिया पूरा गर्न ‘लोटरी आउट’ उम्मेदवारलाई आग्रह गरेको छ ।
Image Source: © https://mulpatra.com
त्यस्तै दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली ईपीएसअन्तर्गत भाषा परीक्षा पास गरी रोस्टरमा रहेका उम्मेदवारहरूको हकमा पनि दुई देशबीचको श्रम सम्झौता र प्रणालीअनुसार नै प्रक्रिया अघि बढ्ने मन्त्रालयको प्रष्टीकरण छ ।
मन्त्रालयका सहसचिव एवं प्रवक्ता पीताम्बर घिमिरेद्वारा हस्तान्तरित विज्ञप्तिमा भनिएको छ, ‘कोरियाको हकमा श्रम समझदारी र प्रणालीअनुसार प्रक्रिया हुने हुँदा थप दबाब वा माग गरिरहन आवश्यक देखिँदैन । सम्पूर्ण उम्मेदवार र सरोकारवालाहरूलाई सहयोग र समझदारीका लागि मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।’
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



