मन्त्री लम्सालको अर्को धम्की, जनताका काम नगरे मेयरलाई कारबाही गर्छौँ, प्रदेश मन्त्रीलाई थुन्छौँ
काठमाडौं– पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जनताको काममा उत्तरदायी नबनेमा प्रदेश मन्त्रीदेखि स्थानीय तहका प्रमुखसम्मलाई कारबाही गर्ने चेतावनी दिएका छन् । आइतबार तनहुँको दुलेगौंडामा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ताहरूसँगको भेटमा उनले यस्तो चेतावनी दिएका हुन् ।

‘यदि मेयरले जनताको काम गर्नुभएन, जनतालाई अपहेलना गर्नुभयो भने हामीलाई इन्फर्म गर्नुहोला, मेयरलाई नै कारबाही गर्छौँ हामी । प्रदेशका मन्त्रीले पनि त्यस्तै गर्नुभयो भने प्रदेशको मन्त्रीलाई नि थुन्छौँ, चिन्तै लिनुपर्दैन,’ मन्त्री लम्सालले भने ।
मन्त्री लम्सालले सरकारले काम गर्नेलाई संरक्षण गर्ने र जनताको हितविपरीत काम गर्ने जो–कोहीलाई कानुनी दायरामा ल्याइने प्रतिबद्धता जनाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
उनले थपे, ‘काम चाहिँ गर्नु प¥यो, काम चाहिँ गराउनु प¥यो । विकास त हुनु प¥यो नि ! अनि त्यो एटिट्युडमा हजुरहरुले चाही काम गर्नु प¥यो ।’
तीन तहकै सरकारका जनप्रतिनिधि जनताप्रति उत्तरदायी बन्नुपर्ने मन्त्री लम्सालको भनाइ थियो । जनताले भोग्नुपरेका समस्या र गुनासो सम्बन्धित निकायसम्म पु¥याउन आग्रह गर्दै उनले सुशासन, जवाफदेहिता र प्रभावकारी सेवा प्रवाहमा सरकार प्रतिबद्ध रहेको बताए ।
मन्त्री लम्सालले तनहुँका लागि ४ अर्बको बजेटको सीमामा रहेर सडक र पुलको योजना ल्याउन आग्रह गरे । छलफलका क्रममा रास्वपा जिल्ला सभापति विश्व बास्तोलाले जिल्लाको विकास, निर्माणका विषयमा मन्त्री लम्सालको ध्यानाकर्षण गराएका थिए ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



