Close

Recent Posts

क वर्गका वाणिज्य बैंकले कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने, १० लाख रुपैयाँसम्मको धितो आफैं मूल्याङ्कन गरी कर्जा दिन सक्ने

क वर्गका वाणिज्य बैंकले कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने, १० लाख रुपैयाँसम्मको धितो आफैं मूल्याङ्कन गरी कर्जा दिन सक्ने

गोल्डेन बुटको दाबेदारीमा मेस्सी, एम्बाप्पे र हालान्डसँगै ह्यारी केनको इन्ट्री

गोल्डेन बुटको दाबेदारीमा मेस्सी, एम्बाप्पे र हालान्डसँगै ह्यारी केनको इन्ट्री
  • २२ असार २०८३, सोमबार १०:२९

काठमाडौँ । २०२६ फिफा विश्वकपको गोल्डेन बुट (सर्वाधिक गोलकर्ता) को प्रतिस्पर्धा क्वार्टरफाइनलअघि झन् रोमाञ्चक बनेको छ। अर्जेन्टिनाका कप्तान लियोनेल मेस्सी, फ्रान्सका किलियन एम्बाप्पे र नर्वेका अर्लिङ हालान्ड समान सात–सात गोलसहित शीर्ष स्थानमा रहँदा इंग्ल्यान्डका कप्तान ह्यारी केन पनि छ गोलसहित उनीहरूलाई पछ्याइरहेका छन्।

mulpatra

अन्तिम १६ मा आयोजक मेक्सिकोविरुद्ध इंग्ल्यान्डको ३–२ को जितमा पेनाल्टीमार्फत एक गोल गरेका केनले यस विश्वकपमा आफ्नो गोल संख्या छ पुर्‍याएका हुन्। यससँगै उनी गोल्डेन बुटको दौडमा बलियो दाबेदारका रूपमा उभिएका छन्।

विश्वकपमा हाल सर्वाधिक गोलकर्ताको सूचीमा मेस्सी, एम्बाप्पे र हालान्ड समान सात गोलसहित संयुक्त रूपमा अगाडि छन्। तर असिस्टका आधारमा एम्बाप्पे शीर्ष स्थानमा छन्। फ्रान्सेली स्टारले सात गोलसँगै दुई असिस्ट पनि दिएका छन् भने मेस्सी र हालान्डले अहिलेसम्म कुनै असिस्ट गरेका छैनन्।

mulpatra mulpatra mulpatra

मेस्सीले समूह चरणको पहिलो खेलमा अल्जेरियाविरुद्ध ह्याट्रिक गर्दै प्रतियोगिताको उत्कृष्ट सुरुआत गरेका थिए। त्यसपछि उनले अस्ट्रियाविरुद्ध दुई गोल, जोर्डनविरुद्ध एक गोल तथा नकआउट चरणको पहिलो खेलमा केप भर्डविरुद्ध एक गोल गर्दै सात गोल पूरा गरेका हुन्।

एम्बाप्पेले सेनेगल र इराकविरुद्ध समूह चरणमा समान दुई–दुई गोल गरे। त्यसपछि अन्तिम ३२ मा स्वीडेनविरुद्ध दुई गोल र अन्तिम १६ मा पाराग्वेविरुद्ध एक गोल गर्दै आफ्नो गोल संख्या सात पुर्‍याएका छन्। गोलसँगै उनले दुई असिस्ट पनि गरेका छन्, जसका कारण टाइब्रेकरमा उनी गोल्डेन बुटको दौडमा अग्रस्थानमा देखिएका छन्।

नर्वेका स्ट्राइकर हालान्डले पनि उत्कृष्ट लय कायम राखेका छन्। उनले समूह चरणमा इराकविरुद्ध दुई गोल र सेनेगलविरुद्ध दुई गोल गरे। त्यसपछि अन्तिम ३२ मा आइभोरी कोस्टविरुद्ध एक गोल तथा अन्तिम १६ मा ब्राजिलविरुद्ध दुई गोल गर्दै सात गोलको आँकडा छोएका हुन्।

Image Source: © https://mulpatra.com

यता ह्यारी केनले समूह चरणदेखि नै निरन्तर गोल गर्ने लय कायम राखेका छन्। मेक्सिकोविरुद्ध अन्तिम १६ मा गरेको गोलसँगै उनले प्रतियोगितामा आफ्नो गोल संख्या छ पुर्‍याएका छन्। यदि क्वार्टरफाइनल र त्यसपछिका खेलमा उनले आफ्नो लय कायम राख्न सके भने गोल्डेन बुटको प्रतिस्पर्धामा शीर्ष स्थानमा पुग्ने बलियो सम्भावना रहनेछ।

केनका लागि अर्को ठूलो उपलब्धि भनेको विश्वकप इतिहासमा व्यक्तिगत गोल संख्या १४ पुर्‍याउनु पनि हो। उनले जर्मनीका महान स्ट्राइकर गर्ड मुलरको १४ विश्वकप गोलको कीर्तिमान बराबरी गर्दै सर्वाधिक विश्वकप गोलकर्ताको सूचीमा संयुक्त पाँचौं स्थानमा आफूलाई उभ्याएका छन्।

अब क्वार्टरफाइनल चरण सुरु हुन लागेकाले गोल्डेन बुटको प्रतिस्पर्धा अझ चर्किने निश्चित देखिएको छ। मेस्सी, एम्बाप्पे, हालान्ड र केनजस्ता विश्व फुटबलका चार सुपरस्टारबीच हुने गोलको प्रतिस्पर्धाले विश्वकपलाई थप रोमाञ्चक बनाउने अपेक्षा गरिएको छ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com