चौथो उसु विश्वकप खेल्न पौडेल नेतृत्वमा २ खेलाडी विजय र सुस्मितासहित कोच मारिक चाइनामा
काठमाडौं– चीनको होकाईमा जुलाई ४ देखि ९ तारिकसम्म हुने चौथौ थाउलो विश्वकपका लागि नेपालबाट दुई खेलाडी छानिएर गएका छन् । नेपालबाट चेन्सु विधामा विजय सिन्जाली र ताउसु विधामा सुस्मिता तामाङले उसु विश्वकप खेल्ने चाइना पुगेका छन् ।

उनीहरुको टिम लिडरको नेतृत्व लक्ष्मण पौडेलले गरेका छन् । भने अन्तरराष्ट्रिय कोच विनोद मारिक छन् ।
भोलिदेखि हुने खेलमा उनीहरु हाल चीनको होकाईमा छन् । विजय र सुस्मिता दुवैले सन् २०१९ मा नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग)मा स्वर्ण जितेका थिए ।

गत सेप्टेम्बर १ देखि ७ सम्म ब्राजिलको ब्रासेलियामा भएको १७ औं विश्व च्याम्पिनसिपमा गरेको प्रदर्शनका आधारमा दुवै खेलाडी छनोट भएका हुन् । जसमा विजयले ९.७१० र सुस्मिताले ९.६७० अंक प्राप्त गरेका थिए ।
![]() |
![]() |
![]() |
|---|
विजय सिन्जाली यसअघि जापानको योकोहामामा सम्पन्न तेस्रो उसु थाउलु विश्वकपमा ऐतिहासिक कास्य पदक हासिल गर्न सफल भएका थिए । जसबापत उनले नेपाल सरकारबाट ६५ लाख पुरस्कार प्राप्त गरेका थिए । विजय गत विश्वकपमा गोलमेडलिष्ट समेत हुन् ।
विजय हाल न्युजिल्यान्डको एन जेड उसु एकेडेमीमा वैदेशिक प्रशिक्षणमा रहेका छन् । सुस्मिता तामाङलाई नेपाल ओलम्पिक कमिटिले २० औं एसियन गेम्मका लागि मासिक ५० हजारको छात्रवृत्ति प्रदान गरेको छ । सुस्मिता पनि चीनम प्रशिक्षणमा छिन् ।
दुवै खेलाडी एकदमै मेहेनती र प्रतिभाशाली रहेकोले यस पटक पनि विश्वकपमा नेपालले पदकको दाबेदारी दिने अनुमान गरिएको छ ।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



