Close

Recent Posts

फिर्के खोला किनारका बस्ती हटाउँदै पोखरा महानगर

फिर्के खोला किनारका बस्ती हटाउँदै पोखरा महानगर
  • १० जेष्ठ २०८३, आईतवार ०९:०४

काठमाडौं । पोखरा महानगरपालिकाले बजार क्षेत्रको बीचभाग हुँदै बग्ने फिर्केखोलाको खोलाघरभित्र निर्माण गरिएका अवैध संरचना हटाउने अभियान सुरु गरेको छ। आज १० बजेबाट उक्त क्षेत्रका संरचना हटाउन लागिएको हो ।

mulpatra

महानगरले सार्वजनिक जमिन अतिक्रमण गरी बनाइएका संरचना हटाउन दिएको ३५ दिने समयसीमा समाप्त भएपछि आज देखि डोजर लगाएर भत्काउन लागेको छ । २०८० सालको प्राविधिक नापजाँच प्रतिवेदनका आधारमा खोलाघरभित्र रहेका स्थायी, अस्थायी तथा संस्थागत सबै प्रकारका संरचना हटाइउन लागेको महानगर प्रमुख धनराज आचार्यले बताएका छन् ।

महानगरले फिर्केखोलाका तीन क्षेत्रबाट एकैसाथ संरचना हटाउने काम अघि बढाएको जनाएको छ। पोखरा–२ र १८ को सिमाना अँधेरिकुनादेखि वडा–४ तर्फ, फिर्केपुलस्थित बूढानीलकण्ठ मन्दिर आसपासबाट वडा–५ र ८ तर्फ तथा जिरोकिलोमिटरस्थित लायन्स भवन क्षेत्रबाट फेवातालतर्फ अभियान सञ्चालन गरिनेछ।

mulpatra mulpatra mulpatra

सम्बन्धित वडाका जनप्रतिनिधिको नेतृत्वमा सञ्चालन हुने अभियानअघि केही संघसंस्थाले भने आफ्ना भवन तथा सामग्री हटाइसकेका छन्।

महानगरको नापजाँच प्रतिवेदनअनुसार फिर्केखोलाको खोलाघरमाथि १६० वटा संरचना निर्माण गरिएको पाइएको छ। तीमध्ये ९७ अस्थायी र ३५ स्थायी संरचनाले प्रत्यक्ष रूपमा खोला मिचेको उल्लेख गरिएको छ भने संस्थागत तर्फ २८ वटा संरचना खोलामाथि बनाइएका छन्।

पोखराका विभिन्न वडाबाट बग्दै फेवातालमा मिसिने करिब आठ किलोमिटर लामो फिर्केखोलाको संरक्षण, जलप्रवाह व्यवस्थापन र सार्वजनिक जग्गा संरक्षणका लागि यो अभियान सुरु गरिएको महानगरले जनाएको छ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com