Close

Recent Posts

बालमन्दिर जग्गा भाडा प्रकरणमा तीन जना पक्राउ

बालमन्दिर जग्गा भाडा प्रकरणमा तीन जना पक्राउ
  • २५ असार २०८३, बिहीबार ११:२२

काठमाडौं । नेपाल बाल सङ्गठनको जग्गा भाडामा लगाउँदा व्यक्तिगत लाभ लिएको पाइएपछि प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सीआईबी प्रहरीका अनुसार पक्राउ पर्नेमा ५१ वर्षीय राजेन्द्रकुमार श्रेष्ठ, ६२ वर्षीय ओमकृष्ण श्रेष्ठ र ५४ वर्षीया आशा श्रेष्ठ छन् ।

mulpatra

काठमाडौं नक्सालस्थित नेपाल बाल संगठनको जग्गा भाडामा लगाउँदा चलनचल्तीको मुल्य भन्दा सस्तो गरि ७९ वर्षसम्मको लागि भाडामा दिएको आरोपमा प्रहरीले २० जना माथि अनुसन्धान गरेको थियो ।

उच्चस्तरीय जाँचबुझ समिति २०७७ को प्रतिवेदन अनुसार अनुसन्धानको लागि उनीहरू पक्राउ परेका हुन् । पक्राउ परेकाहरुमा पुर्व पदाधिकारीहरु रहेका छन् उनीहरुले मासिक ९ लाख भाडा तोकेर लामो समयका लागि भाडामा दिने निर्णय गरेका थिए ।

mulpatra mulpatra mulpatra