Close

Recent Posts

बालेनको युट्यूवमा ‘राजा ज्ञानेन्द्र’ काे ३ महिनाअघि अपलोड भएको भिडियो अहिले चर्चा

बालेनको युट्यूवमा ‘राजा ज्ञानेन्द्र’ काे ३ महिनाअघि अपलोड भएको भिडियो अहिले चर्चा
  • ११ जेष्ठ २०८३, सोमबार १२:५१

काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहको युट्यूव च्यानलमा ‘राजा ज्ञानेन्द्र’ प्रति श्रद्धाभाव प्रकट गरिएको गीत अपलोड भएको छ । तीन महिनाअगाडि नै गीत अपलोड भए पनि भर्खर मात्रै चर्चामा आएको हो ।

mulpatra

‘बालेन’ नामको युट्युव च्यानलमा २० फेब्रुअरी २०२४ मा यो गीत अपलोड भएको देखिन्छ । गीतको शीर्षक छ, ‘शिरमाथि नेपाल आमा’ ।

गीतका शब्दहरू यस्ता छन्ः
शिरमाथि नेपाल आमालाई

mulpatra mulpatra mulpatra

काँधमाथि ज्ञानेन्द्र राजालाई

संसारको नजरमा टल्किहाल्यो ज्योती

थरिथरि कला कोर्दै पहाड मधेश बोकी

Image Source: © https://mulpatra.com

उन्नतिका शंखधारा इन्द्रेणी झैँ गर्जन

हृदयको सुराहीमा शान्तिक्षेत्र भर्छन्

शिरमाथि….

पूर्वको मेची खोला पश्चिमको पाली

भुल्का परी फुट्न थाल्यो दुख मैलो फाली

बिर्सिएको रंग फेरि उम्लीउम्ली आयो

हाम्रो राजा शान्तिकामी नेपालले पायो

शिरमाथि नेपाल आमालाई

काँधमाथि ज्ञानेन्द्र राजालाई

गणतन्त्रका प्रधानमन्त्रीको युट्यूव च्यानलमा यसरी राजाको प्रशंसा गीत भेटिएपछि विभिन्न टिकाटिप्पणीहरू भइरहेका छन् । अधिकांश कमेन्टहरूमा बालेनलाई राजसंस्था फर्काउन अपिल गरिएको देखिन्छ । यद्यपि, यही गीतका आधारमा बालेनले राजसंस्थाप्रति रुझान देखाएको भने मान्न सकिन्न । किनकी गीत उनी आफैँले सिर्जना गरेर हालेको नभएर युट्युवले अटो जेनरेट (स्वतः सिर्जित) गरेको हो । यद्यपि, बालेनले चाहेको भए यसलाई हटाउन भने सक्थे ।

प्रधानमन्त्री बालेन्द्र शाह एक सिर्जनशील ¥यापर पनि हुन् । उनले यो च्यानलमा आफूलाई ¥यापर, गीतकार र म्युजिक कम्पोजरका रुपमा चिनाएका छन् । उनको च्यानलले अफिसियल आर्टिस्ट च्यानलको रुपमा मान्यता पनि पाएको छ । १३ लाखभन्दा बढी फलोअर्स भएको च्यानलमा अहिलेसम्म २५ वटा भिडिओ अपलोड भएको देखिन्छ । ‘काँधमाथि ज्ञानेन्द्र राजालाई’ बोलको गीत बालेन प्रधानमन्त्री बन्नुभन्दा अगाडि नै अपलोड भएको हो ।

युट्युबले बालेनलाई ¥यापर, गीतकार र म्युजिक कम्पोजरको रूपमा चिन्छ र उनको च्यानललाई आर्टिस्ट च्यानलको रूपमा व्यवहार गर्छ ।

सन् २०२४÷२०२५ तिर युट्युबले अफिसियल आर्टिस्ट च्यानलहरूमा ‘च्भभिबकभक’ नामको विशेष ट्याब (सेक्सन) थप्यो । यो नेपालमा पनि हालै देखिन थालेको फिचर हो । यो ट्याब सामान्य भिडिओ वा भ्लगहरूका लागि भने उपलब्ध हुँदैन ।

आधिकारिक सङ्गीत रिलिज (एल्बम, इपी, सिङ्गल गीत) हरूका लागि मात्र हुन्छ । यहाँ अडियो ट्रयाकहरू एल्बम कभरसहित, स्पोटिफाइ वा एप्पल म्युजिक जस्तै देखिन्छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com