अपाङ्ग र जेष्ठ नागरिकका लागि केन्द्रीय बैंकको नयाँ व्यबस्था
काठमाडौं– नेपाल राष्ट्र बैंकले बैंकिङ सेवालाई थप समावेशी र ग्राहकमुखी बनाउने गरी बैंकिङ सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ ।

जसअनुसार ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र साक्षर नभएका ग्राहकहरूलाई प्राथमिकतामा राखेर सेवा उपलब्ध गराइने छ । नयाँ व्यवस्थाले बैंकवित्तलाई परिष्कृत गर्दै अपांगमैत्री बनाउने छ ।
प्रविधि प्रयोगको हकमा पनि राष्ट्र बैंकले अपाङ्गता भएका व्यक्तिहरूले एटीएम, मोबाइल बैंकिङ र इन्टरनेट बैंकिङ जस्ता सेवाहरू आफैं प्रयोग गर्न सक्षम रहेको स्वघोषणा गरेमा बैंकले ती सुविधाहरू उपलब्ध गराउनुपर्नेछ ।
![]() |
![]() |
![]() |
|---|
राष्ट्र बैंकले एकीकृत निर्देशनबाट यस्तो प्रावधानलाई अनिवार्य गरेको हो ।



