Close

भारत भम्रणमा रविले मोदीसँग भेट्ने

भारत भम्रणमा रविले मोदीसँग भेट्ने
  • ११ जेष्ठ २०८३, सोमबार १४:४९

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतीय जनता पार्टी (भाजपा)को निमन्त्रणामा भारत भ्रमणमा जाने भएका छन् । भाजपाका अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी २ दिने भ्रमणमा जान लागेका हुन् ।

mulpatra

लामिछानेले दिल्लीमा दुई दिन राजनीतिक भेटघाट गर्ने तालिका तय गरिएको छ । उनले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेट गर्ने कार्यक्रम पक्का गरिएको छ । यसबारे भाजपाले नै औपचारिक सूचना सार्वजनिक गर्ने तयारी गरेको बताइएको छ ।

परराष्ट्र मन्त्रालयको उच्च स्रोतका अनुसार आगामी २ जुनमा उनी काठमाडौं अन्तर्राष्ट्रिय विमानस्थलबाट दिल्ली प्रस्थान गर्नेछन् । लामिछानेसँग उनकी पत्नी, स्वकीय सचिवसहित दुई सांसद पनि भ्रमणमा सहभागी हुनेछन् । सांसदद्वय विपिनकुमार आचार्य र दीपक बोहरा भ्रमण टोलीका सदस्य छन् ।

mulpatra mulpatra mulpatra