Close

Recent Posts

फ्रि भिसा, टिकट लागू गर्ने मन्त्री गुरुङकै ३ म्यानपावरले युरोप ११ लाख र खाडी–मलेसिया जानेसँग लिन्छन् ३ लाख

फ्रि भिसा, टिकट लागू गर्ने मन्त्री गुरुङकै ३ म्यानपावरले युरोप ११ लाख र खाडी–मलेसिया जानेसँग लिन्छन् ३ लाख

सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध भएको सरकारका प्रवक्ताको भनाइ

क्याविनेटका ४ निर्णय

सभापतिको भारत भ्रमणसँग प्रधानमन्त्रीको कुनै सम्बन्ध भएको सरकारका प्रवक्ताको भनाइक्याविनेटका ४ निर्णय
  • ११ जेष्ठ २०८३, सोमबार १७:३७

काठमाडौं– सरकारका प्रवक्ता सस्मित पोखरेलले रास्वपा सभापति रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्री बालेन शाहको कुनै सम्बन्ध नरहेको बताएका छन् ।

mulpatra

सोमबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्ने क्रममा उनले यस्तो बताएका हुन् । ‘सभापतिज्यू आफ्नै ढंगले जाँदै हुुनुहन्छ । प्रधानमन्त्रीज्यूको त्यससँग केही सम्बन्ध छैन,’ उनले भने ।

उनले प्रधानमन्त्री शाह अहिले भारत मात्रै नभइ अन्य कुनै पनि देशको भ्रमणको तयारीमा नरहेको प्रष्ट पारे ।

mulpatra mulpatra mulpatra

सरकारको पहिलो प्राथमिकता सुरुका सय दिनमा गरिने काममै रहेकाले अहिले भ्रमणमा प्राथमिकता नरहेको जिकिर उनले गरे ।

‘प्रधानमन्त्रीज्यूको भारत जाने समय अथवा जुनसुकै देश जाने समय जतिखेर आउँछ, उहाँ भारतमात्रै नजानुभएको होइन,’ पोखरेलले भने, ‘अहिले विदेश कहिँ पनि जानुभएको छैन । अहिले पहिलो सय दिनको कार्यव्यस्तता धेरै छ । सुरुमा काममा बढी फोकस पनि छौं ।’

आज बसेको मन्त्रिपरिषद् बैठकले आव ८३÷८४ मा बर्खे धान बालीको न्यूनतम समर्थन मूल्य मोटो धानको ३६६० रूपैयाँ प्रति क्विन्टल र मध्यम धानको ३८६० रूपैयाँ प्रतिक्विन्टल तोक्ने निर्ण गरेको हो ।

Image Source: © https://mulpatra.com

नेपाल चीन जोड्ने विद्युत प्रसारण लाइन आयोजना चिलिमे–केरुङ कार्यान्वयनका लागि चीन सरकारलाई पठाउने प्रतिउत्र पत्र स्वीकृत गर्ने ।

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने ।

नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा सहसचिव मुकेश डंगोललाई नियुक्ति गर्ने ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com