Close

Recent Posts

फ्रि भिसा, टिकट लागू गर्ने मन्त्री गुरुङकै ३ म्यानपावरले युरोप ११ लाख र खाडी–मलेसिया जानेसँग लिन्छन् ३ लाख

नेपालबाट ‘फ्रि’ लागू गराएर बंगलादेश हुँदै १० हजार कामदार उडाए (सम्बन्धीत भिडियो)

फ्रि भिसा, टिकट लागू गर्ने मन्त्री गुरुङकै ३ म्यानपावरले युरोप ११ लाख र खाडी–मलेसिया जानेसँग लिन्छन् ३ लाखनेपालबाट ‘फ्रि’ लागू गराएर बंगलादेश हुँदै १० हजार कामदार उडाए (सम्बन्धीत भिडियो)
  • १२ जेष्ठ २०८३, मंगलवार १०:४७


काठमाडौं– फ्रि भिसा–फ्रि टिकट नीति लागू गराउने तत्कालीन श्रमराज्यमन्त्री टेकबहादुर गुरुङ निकट व्यवसायी समूहसँग जोडिएका केही म्यानपावर कम्पनीमाथि अहिले पनि खाडी, मलेसिया र युरोप पठाउने नाममा चर्को रकम असुली गरिरहेका छन् ।

mulpatra

उनी मनाङबाट निर्वाचित संसद समेत हुन् । गुरुङले विभिन्न स्वार्थ समुहसँग मिलेर खाडी र मलेसिया जाने कामदारका हकमा फ्रि भिसा–फ्रि टिकट लागू गराएपनि अहिले उनको छोरा र भाइ सञ्चालन गरेका म्यानपावरले ती देश जाने कामदारसँग २–३ लाख लागत खर्च उठाइरहेको सूचना श्रमिकले नै मूलपत्रलाई दिएका छन् ।

२०७२ सालमा लागू गरिएको फ्रि भिसा–फ्रि टिकट नीतिअनुसार मलेसिया र खाडीका देश जाने कामदारसँग अधिकतम १० हजार मात्र लिन पाइने व्यवस्था भए पनि व्यवहारमा २ लाखदेखि ५ लाख रुपैयाँसम्म उठाइरहेको उनकै म्यानपावर गएका कामदारले मूलपत्रसँग जनाएका छन् ।

mulpatra mulpatra mulpatra

गुरुङकै लगानीमा हिमालय म्यानपावर प्रालि र हिमाल म्यानपावर इम्पोलिम्यान्ट सर्भिस सञ्चालक कर्मबहादुर गुृरुङ हुन् । उनी गुरुङका छोरा हुन् । यी २ देशले युरोपका देश कामदार पठाउन ११ लाखभन्दा बढी लागत खर्च उठाइरहेको मूलपत्रसँग युरोप गइरहेका कामदारले बताएका छन् । साथै खाडीका देश कामदार पठाउँदा ३ लाखसम्म उठाइरहेको छ ।

हिमाल म्यानपावर इम्पोलिम्यान्ट सर्भिस पोर्चुगल गएका एक कामदारले ११ लाख ४० हजार तिरेका थिए । उनी उक्त म्यानपावरमार्फत व्यक्तिगत भिसामा पोर्चुगल रोजगारीमा गएको समेत बताउँछन् ।

साथै एसभि एसोसिएट प्रालिका सञ्चालक शंकर गुरुङ हुन् । यो म्यानपावरले मलेसिया कामदार पठाउँदै आएको छ । यस म्यानपावरले मलेसिया जाने कामदारसँग ३ लाखभन्दा बढी लागत खर्च लिइरहेको छ ।

Image Source: © https://mulpatra.com

सम्बन्धीत भिडियो

एसभि एसोसिएट प्रालिका सञ्चालक शंकर गुरुङको म्यानपावरले मलेसियाबाट एसभि एसोसिएट प्रालिका सञ्चालक शंकर गुरुङ ७ हजारभन्दा बढीमा भिसा समेत किनेर ल्याइ कामदार पठाउने गरेका छन् ।

सँगै कतिपय कामदारले भने तत्कालिन श्रम मन्त्री गुरुङको मिशन ओभरर्सिज प्रालि र वाइके म्यानपावर एजेन्सी प्रालिमा समेत अप्रत्यष लागानी रहेको बताउने गरेका छन् । यी म्यानपावरले समेत कामदार पठाउँदा चर्को रकम लिने गरेको कामदारकै गुनासो छ ।

‘फ्रि भिसा–फ्रि टिकट’ लागू गर्ने तत्कालिन श्रम मन्त्रीले नै नियम तोडेर यसरी खाडी र मलेसिया जाने कामदारसँग चर्को रकम लिइरहेपनि सरकारले उनलाई वेवास्ता गदै आएको छ ।

हालै मात्रै वैदेशिक रोजगारीमा पठाइदिने भन्दै लाखौँ रुपैयाँ ठगी गर्ने विभिन्न व्यक्ति पक्राउ परेका घटनाहरू सार्वजनिक वैदेशिक रोजगार विभागले गरिरहेको छ । कतिपयले मलेसिया, पोर्चुगल, क्यानडा, सिंगापुर लगायत देश पठाइदिने भन्दै रकम लिएर सम्पर्कविहीन हुने गरेका छन् । यसको मुख्य कारण भनेको सरकारले नीतिगत सुधार नगर्नुनै भएको आवाज समेत उठ्न थालेको छ ।

यो पनि

सरकारले खाडी र मलेसिया जाने कामदारसँग अधिकतम १० हजार मात्र लिन पाइने नीति लागू गरे पनि व्यवहारमा भने लाखौँ असुली भइरहेको छ । यो समस्याको माग म्यानपावर व्यवसायीले गदै आएका छन् ।

वैदेशिक रोजगार क्षेत्र निरन्तर विवादमा पर्दै आएको छ । वैदेशिक रोजगार विभागले विभिन्न समयमा नियमविपरीत काम गर्ने, नवीकरण नगर्ने तथा कामदार ठगीमा संलग्न सयौँ म्यानपावर कम्पनीमाथि कारबाही गरेको तथ्यांक सार्वजनिक गरेको छ । जसका कारण कामदार र म्यानपावर व्यवसायी मारमा परेका छन् । ‘फ्रि’को नीतिले वार्षिक ३० अर्बभन्दा बढी कर छली भइरहेको छ ।

यो पनि

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com