Close

Recent Posts

संघको विधानबाटै फलिएका गुरुङको अध्यक्षकै रवैया, एक्सनमा उत्रिदै सिडियो कार्यालय

मलेसिया–व्यक्तिगत भिसामा साढे ५ लाख असुल्ने र श्रम मन्त्रीको नाम बेचिरहेका गुरुङलाई किन भएन कारवाही

संघको विधानबाटै फलिएका गुरुङको अध्यक्षकै रवैया, एक्सनमा उत्रिदै सिडियो कार्यालयमलेसिया–व्यक्तिगत भिसामा साढे ५ लाख असुल्ने र श्रम मन्त्रीको नाम बेचिरहेका गुरुङलाई किन भएन कारवाही
  • १७ जेष्ठ २०८३, आईतवार ११:२२

काठमाडौं– वैदेशिक रोजगार व्यवसाय संघको विधानमा दुईतिहाइ पदाधिकारीले राजिनामा दिएपछि संघ स्वत विघटन हुने व्यवस्था छ ।

mulpatra

वैदेशिक रोजगार व्यवसाय संघमा नेतृत्व संकट चुलियो संघका अध्यक्ष भुवनसिह गुरुङ पदाधिकारीको राजिनामापछि स्वत अयोग्य ठहर भइ पद पदमुक्त भएका थिए ।

संघप्रति व्यवसायीको असन्तुष्टी बढ्दै गएपछि गत वैशाखमा ५ पदाधिकारीसहित ११ जनाले गुरुङ नेतृत्वको वर्तमान कार्यसमितिबाट सामूहिक राजीनामा दिएका थिए । असन्तुष्ट व्यवसायी २०७४ सालमा संशोधन भएको विधान राम्रो ध्यान नदिदाँ संघको नेतृत्वमा गुरुङले एक महिना खेल्ने मौका पाएका थिए ।

mulpatra mulpatra mulpatra

हाल गुरुङ संघको विधानविपरित आफु अध्यक्ष नै रहेको भन्दै संघको लेटरप्याडमा विज्ञप्ती जारी गरेका छन् । यो अवैध भएको रोजगारी व्यवसायीले आरोप लगाइरहेका छन् । विधानअनुसार पदमुक्त भइसकेपछि भुवन गुरुङले गरेका निर्णय र प्रतिनिधित्वको वैधानिकतामाथि समेत प्रश्न उठ्न थालेको छ ।

संघको विधानमा रहेको व्यवस्था अनुसार अयोग्यता र कार्यकाल सम्बन्धी प्रावधान लागू भएपछि गुरुङ स्वतः पदमुक्त भएको जानकारी काठमाडौं जिल्ला प्रशासनले राजिनामा दिने व्यवसायीलाई जानकारी गराएको थियो ।

कार्यालयले पनि जेठ २४ गतेभित्र निर्वाचन गराउन संघलाई पत्र समेत काटेको छ । गुरुङले अध्यक्ष दाबी गरिरहेकै बेला काठमाडौं जिल्ला प्रशासन भने एक्सन उत्रिएर निर्वाचन गराउन तयारीमा छ । संघभित्र लामो समयदेखि नेतृत्व विवाद, सिण्डिकेटको आरोप र व्यवसायी असन्तुष्टिका बीच अब अध्यक्षको वैधानिकतामाथि नै प्रश्न उठेको हो ।

Image Source: © https://mulpatra.com

संघको सल्लाहकार समितिले वैशाख २९ गते बहुमत पदाधिकारीको राजीनामाका कारण विधानअनुसार कार्यसमिति स्वतः विघटन भएको निर्णय गरेको पत्र समेत प्रशासनमा आएको थियो ।

यसलाई आधार मानि पुनः जेठ २४ गते विशेष साधारणसभा गर्ने पूर्वसूचना अनुसार आवश्यक निर्देशन र सुरक्षा माग गर्दै अर्को पत्र पनि पठाइएको प्रशासनले परिपत्र पठाएको छ ।

सरकारसँग प्रभावकारी समन्वय गर्न नसक्नु, व्यवसायीका समस्या उठानमा निष्क्रियता देखिनु तथा संघभित्र बढ्दो असन्तुष्टिले अध्यक्ष गुरुङमाथि दबाब बढाएको थियो । उनले संघमा मनोमानी गरेपछि दुई महिनाअघि नै संघका बहुमत पदाधिकारीले पदबाट राजिनामा दिएका थिए ।

लामो समयदेखि नेतृत्व क्षमतामाथि प्रश्न उठिरहेका बेला अन्ततः व्यवसायीहरूको दबाबपछि यस्तो निर्णय भएको बताइएको छ । व्यवसायीहरूका अनुसार संघको नेतृत्व कमजोर हुँदा वैदेशिक रोजगार क्षेत्रका मुख्य मुद्दा ओझेलमा परेका थिए ।

गत वैशाखमा यसरी राजीनामा दिने पदाधिकारीहरुमा प्रथम उपाध्यक्ष सुजितकुमार श्रेष्ठ, तृतीय उपाध्यक्ष वैकुण्ठप्रसाद पौडेल, महासचिव बस्नेत, सचिव कुन्छादोर्जे डिम्दोङ र कोषाध्यक्ष धनमाया सिञ्जाली रहेका छन् ।

त्यस्तै सदस्यहरु रेखा शर्मा, कृष्ण ढकाल, भरत सापकोटा, हिमा गुरुङ, रमा खड्का र देवीप्रसाद गिरीले पनि राजीनामा दिएका हुन् ।

२०७४ सालमा संघको विधान सम्शोधन गर्दा यस्तो व्यवस्था गुरुङ अध्यक्ष पदबाट हटेपछि तत्कालिन अध्यक्ष राजेन्द्र भण्डारीको नेतृत्वमा २१ दिनभित्र निर्वाचन तोक्ने प्रबन्ध समिति समेत बनेको छ । सोही आधारका काठमाडौं जिल्ला प्रशासन कार्यालय जेठ २४ गते साधारण सभा गर्न परिपत्र गरेको थियो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com