Close

Recent Posts

एनआरएनकै क्रिप्टो धन्दा: रेणुनिकट गुरुङले लगानीकर्ता आकर्षित गरी पैसा उठाउन फ्रि प्याकेजसहित थाइल्याण्डमा सेमिनार

सरकारले अवैध गरेको क्रिप्टोमा लगानी गरि चुनौती

एनआरएनकै क्रिप्टो धन्दा: रेणुनिकट गुरुङले लगानीकर्ता आकर्षित गरी पैसा उठाउन फ्रि प्याकेजसहित थाइल्याण्डमा सेमिनारसरकारले अवैध गरेको क्रिप्टोमा लगानी गरि चुनौती
  • १६ जेष्ठ २०८३, शनिबार १५:२१

काठमाडौं– विदेशमा रहेका नेपालीहरूलाई लक्षित गर्दै नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीमार्फत करौडौं रुपैयाँ संकलन गर्ने योजनामा लागेको समूहले लगानीकर्ता आकर्षित गर्न थाइल्याण्डमा फ्रि प्याकेजसहितको सेमिनार आयोजना गर्ने भएको छ।

mulpatra

उक्त समूहले आगामी जुन २१ देखि २५ तारिखसम्म बैंकक र पटायामा फ्रि प्याकेजसहित कार्यक्रम आयोजना गरेर लगानीकर्ता आकर्षित गर्ने तयारी गरेको हो। गैरआवासीय नेपाली संघ (एनआरएनए) को सञ्जाल प्रयोग गरेर नेपालको कानुनले अवैध मानेको क्रिप्टो कारोबारका परियोजनाका मुख्य योजनाकार जापानमा रेमिट्यान्स व्यवसाय गर्दै आएका ओम गुरुङ हुन्। गुरुङ एनआरएनएको पुर्व सल्हाकार समेत हुन्।

यस्तै, संघका केहि अन्य केहि उच्च व्यक्ति समेत यसमा संग्लन रहेको बताइन्छ । यो समुहले ब्रिका (बीआरएक्स)” नामक डिजिटल टोकनमार्फत नयाँ आर्थिक जालो विस्तार गरिरहेको आरोप लागेको छ। नेपालमा क्रिप्टोकरेन्सी कारोबार, लगानी तथा माइनिङ पूर्णरूपमा अवैध भए पनि एनआरएनएको नेटवर्क प्रयोग गरेर विदेशमा रहेका नेपालीलाई लगानी गर्न उक्साइएको स्रोतको दाबी छ।

mulpatra mulpatra mulpatra

“बीआरएक्स÷ब्रिका इकोसिस्टम” नाम दिइएको उक्त परियोजना बाइनान्स स्मार्ट चेन (बीईपी–२०) प्रविधिमा आधारित डिजिटल टोकन भएको बताइन्छ । यसलाई “उपयोगितामा आधारित डिजिटल प्रणाली” भन्दै विश्वव्यापी प्रयोग तथा व्यापक स्वीकार्यता लक्ष्य राखिएको दाबी गरिएको छ।

विभिन्न देशहरूमा रहेका गैरआवासीय नेपालीहरूले मुलपत्रलाई पठाएको विवरण अनुसार जापानका गुरुङले समुदायमा आधारित डिजिटल मुद्रा निर्माण गर्ने भन्दै पटक–पटक लगानीका लागि आह्वान गरिरहेका छन्। उनले लगानीकर्तालाई सम्बोधन गर्दै भनेका छन, पटक–पटक सन्देश पठाएकोमा अन्यथा नमान्नु । जसमा गुरुङले परियोजना सफल हुने दाबी गर्दै ढुक्क भएर लगानी गर्न आग्रह गरेका छन्।

गुरुङले यो परियोजना विगतमा नेपालीहरू डुबेका युनिटी लाइफ, गोल्ड क्वाइन, हाइफर फण्ड जस्ता योजनाजस्तो नभएको दाबी गरेका छन्। चितवनका गुरुङ कागजी तथा थ्रीडीमा विभिन्न प्रोजेक्ट बनाएर सामूहिक लगानी उठाउन माहिर रहेको आरोप पनि लगाइएको छ। भरतपुर महानगरपालिकाकी पूर्वमेयर रेणु दाहालसँग निकट सम्बन्ध रहेको र नेपालमा आफ्ना सालो विजय गुरुङमार्फत विभिन्न प्रोजेक्ट सञ्चालन गर्ने गरेको दाबी गरिएको छ।

Image Source: © https://mulpatra.com

यसअघिको प्रोजेक्टमा लगानी गरेका जापानका एक नेपालीले भने, “ओम जीले धेरै प्रोजेक्ट बनाउनुहुन्छ, तर फाइदा दिएको अनुभव छैन। यो प्रोजेक्टमा पनि लगानी गर्न भनिएको थियो, तर म अब गर्दिन।”

गुरुङ जापानमा बसे पनि नेपाली राहदानीबाहक नागरिक हुन्। नेपालको विद्यमान कानुनले क्रिप्टोकरेन्सी कारोबारलाई अवैध मानेको छ। नेपालमा प्रतिबन्धित क्रिप्टोकरेन्सीमा लगानी गर्न प्रेरित गर्नु गम्भीर आर्थिक अपराध मानिन्छ। अन्य देशमा सञ्चालन भए पनि नेपाली नागरिक भएकाले उनीमाथि नेपालको कानुन आकर्षित हुने बताइएको छ।

उनले पटक–पटक गरेको म्यासेस:

नमस्कार ! पटक पटक पठाएकोमा अन्यथा नलिनु होला यस अघि पठाएको मा केहि कुराहरु छुटेको रहेछ त्यसर्थ यहालाइ नै सहज होस् भनेर पुन पठाएको छु | BRX projects को बारेमा यस अघि नै ब्याख्य गरिएको छ अवस्य नै अवगत भयो होला | तै पनि बुझ्न सहजताको लागि मुख्य मुक्य केहि बुदाहरु: १. सर्ब प्रथम त यो बिगतमा नेपालीहरु डुबेको जस्तो Unitylife, Goldcoin, Hyper जस्तो होइन | २. Decentralize Business भएकोले संसार भरि बाट नै सहभागी हुन सक्नेछन | ३. यसमा २ प्रकारले नाफा लिन सकिन्छ: – एउटा Investor हिसाबले कम्पनि फाइदा दिदै जानेछ | – आफुले Tread गरेर नाफा कमाउन सकिनेछ | (हामि Investor नै भएकोले भित्रि धेरै जानकारी पनि हुने हुनाले यसको फाइदा लिन सकिनेछ) ४. प्राय यस्तो प्रकार Coins हरु Exchange मा listing हुदा १००%-२००%-३००%५००% भन्दा बढी बढेको पाइन्छ | ५. यो Block Chain मा Develop गरिएकोले सबै कुरा Transparent हुन्छ | सबै कुरा Allocations प्रस्ट Transparent छ्ट्याइएको हुन्छ | ६. यो एउटा Solid Use case product भएको हुनाले user बढ्दै जाने र यसको Value बढ्दै जाने हुन्छ | ७. सुरुमा १ मिलियन USD बराबर Lock गरिने छ र भबिस्यमा बढाउदै लगिने छ त्यसैले चाहेर पनि चलाउन सकिदैन, हिनामिना गर्ने सकिने सम्भावना हुदैन | ८. केहि तलमाथि गर्न साथ यसको दर्ता गरिएको देश अनुसार आवस्यक कानुन लाग्ने र कडा कानुन भोग्नु पर्ने हुन्छ | अत; समय धेरै छैन त्यसैले यस्तो नया Business हरुमा सहभागी भएर आफैले अनुभव गर्ने र सिक्ने अवसरका लागि समय मै थाइल्यन्डको भिषाको लागि पहल गर्नुहोला | यदि यहाँलाइ कठिनाइ भए नेपालबाट पनि सहयोग गर्न सकिनेछ | Online बाट पनि सहजै गर्न सकिन्छ | तर पहिले ID खोलेर Details भर्नु पर्दछ र १०-१५ दिन लाग्दछ | आवस्यक कागजादहरु तयार गरेर भर्दा सजिलो हुन्छ सामान्यतय अरु देसमा जादा जस्तै आवस्यक पर्दछ | थाइल्यन्डको बसाइ अवधि भर तलको तालिका अनुसारको खर्चहरु कम्पनिले नै बेहोर्ने छ | धोषणा कार्यक्रम: जुन २१ तारिख अबधि: यहि जुन २१ बाट २५ सम्मको Tentative schedule: • 2-Night Bangkok Princeton Suites Bangkok • 2-Night Pattaya Discovery Beach Pattaya • 1-Night Bangkok Princeton Suites Bangkok Inclusions: • Colosseum Show • Coral island tour • Chaopharaya Dinner Cruise

🚢

Safari World Marine park • All Meals at Indian Restaurant • English speaking guide • All transfers by pvt ac coach • 2 water bottles per day per person यस सम्बन्धि केहि जिज्ञासा भए तुरुन्त सम्पर्क गर्नु होला | र Hotel र अन्य कुराहरु Booking गर्नुपर्ने भएकोले समय मै जानकारी गराई दिनुहुन् अनुरोध गर्दछौ | थप जानकारीहरु दिदै जाने छौ | धन्यवाद !

प्रारम्भिक चरणमा १ मिलियन अमेरिकी डलर बराबरको रकम लक गरिने र भविष्यमा थप बढाइने उल्लेख छ, जसले अनियमितता वा हिनामिना हुन नसक्ने दाबी गरिएको छ। साथै कुनै गलत गतिविधि भए सम्बन्धित देशको कानुनअनुसार कडा कारबाही दाबी गुरुङको छ्। कार्यक्रम बैंकक र पटायामा आयोजना हुने उल्लेख छ, जसमा पाँच रातको बसाइ व्यवस्था रहने बताइएको छ। होटल आवासका रूपमा बैंकक र पटायाका होटलहरू समावेश गरिएको र यात्राको सम्पूर्ण खर्च कम्पनीले बेहोर्ने बताइएको छ।

साथै कार्यक्रम अन्तर्गत विभिन्न भ्रमण तथा गतिविधिहरू पनि समावेश गरिएको छ, जसमा कोलोसियम शो, कोरल आइल्यान्ड टुर, चाओफ्राया डिनर क्रुज, सफारी वल्र्ड मरीन पार्क लगायत समावेश छन्। सहभागीहरूलाई दैनिक खाना, यातायात, अंग्रेजी बोल्ने गाइड र अन्य सुविधा उपलब्ध गराइने उल्लेख छ । गुरुङले इच्छुक व्यक्तिहरूलाई समयमै भिसा प्रक्रिया र रजिस्ट्रेशन गर्न आग्रह गरेका छन्। साथै आईडी खोल्ने, विवरण भर्ने प्रक्रिया १०–१५ दिन लाग्ने भन्दै समयमै तयारी गर्न भनेका छन्।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com