प्रधानमन्त्री जवाफका लागि रोष्ट्रममा उभिए, विपक्षी गरे प्रश्न
काठमाडौं– विपक्षीहरूले लगातार माग गरेपछि प्रधानमन्त्री बालेन शाह संसद् बैठकमा उपस्थित भएर जवाफ दिन तयार भएका छन् ।

उनी अहिले रोष्ट्रममा उभिएका छन् । संसद्मा बोल्न चाहेका बेला प्रधानमन्त्रीलाई बोल्न दिने अभ्यास छ । यस अन्तर्गत रहेर प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्न हात उठाए ।
सभामुख डोलप्रसाद अर्यालले बैठक सुरु भएको उद्घोष गरे लगत्तै प्रधनमन्त्री बालेन हात उठाए र बोल्न दिन इशारा गर्दै उठे ।
![]() |
![]() |
![]() |
|---|
त्यसपछि सभामुख अर्यालले संसद् सचिवालयका कर्मचारीसँग सल्लाह गरे । प्रधानमन्त्रीले बोल्न चाहँदा समय दिनुपर्छ भन्ने सुझाव प्राप्त गरेपछि सभामुखले रोष्ट्रममा बोलाए ।
रोष्ट्रममा पुगेर प्रधानमन्त्री बालेनले आफूलाई सांसदहरूले प्रश्न सोध्न पाउनुपर्ने माग भएको र त्यसअनुसार रोष्ट्रममा आएको बताए ।
त्यसपछि सभामुखले प्रत्येक दलबाट प्रश्न सोध्नका लागि एक÷एक जनालाई बोल्न दिने घोषणा गरे । यसप्रति विपक्षी दलहरूले विरोध गरेका छन् । प्रतिनिधिसभा नियमावलीमा प्रत्येक महिनाको पहिलो साता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सञ्चालन गर्ने व्यवस्था छ ।
Image Source: © https://mulpatra.com
यस्तो व्यवस्था नियमावलीको नियम ५६ मा छ । यसअनुसार प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम सञ्चालन हुनुपर्ने भनेर विपक्षी दलहरूले विरोध गरेका हुन् ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



