संसदमा प्रधानमन्त्रीको होसियारपुर्वक जवाफ, सिमा विवाद छलफलमा ईंग्ल्यान्ड जोड्ने
काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाहले भारतसँगको लिपलेक लिम्पियाधुराको विवादबारे सरकारले ईंग्ल्यान्डसँग पनि कुरा गरेको बताएका छन् ।

यो विवाद ब्रिटिश इन्डियाले भारत छोडेदेखिको भएकाले ईंग्ल्यान्ड सरकारले पनि सरोकार राखनुपर्ने सरकारको धारणा रहेको उनको भनाइ छ ।
एमाले सांसद पद्मा अर्यालले लिपुलेक लिम्पियाधुराबारे भारत र चीनले गरेको नयाँ समझदारीबारे सरकारको धारणा मागेकी थिइन् । जवाफमा शाहले यो विषयमा सरकारले दुवै देशलाई कुटनीतिक नोट दिइसकेको बताए ।
![]() |
![]() |
![]() |
|---|
साथै, भारतले यसको जवाफ पनि दिएको उनले बताए । उनले भने, ‘तपाईंहरूलाई सुन्दा अचम्म लाग्ला, मैले पनि भर्खरै थाहा पाएँ । भारतले मात्र नभएर नेपालले पनि भारतको जग्गा मिचेको रहेछ । हामी टेबल टकमा बसेर एकअर्काको जमिन मिचिएको विषयमा छलफल गर्नेछौं ।’
प्रधानमन्त्री शाहका अनुसार भारतले यो विषयमा दुवै देशका विज्ञहरुसहित टेबल टकबाट समाधान निकाल्ने प्रस्तताव गरेको छ । ईंग्ल्यान्डसँग पनि छलफल गरेर सरकारले यो विषयमा समाधान निकाल्ने शाहले बताएका छन् ।
नेपालले मात्र होइन । भारतको जमिन नेपालले मिचेको छ । यस विषयमा छलफल हुन्छ । साथै आन्दोलनका सबै प्रतिवेदनहरू सरकारले एकमुष्ट रुपमा अध्ययन गर्ने बताएका छन् ।
Image Source: © https://mulpatra.com
आइतबार प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले यस्तो बताएका हुन् । उनलाई कांग्रेस सांसद अर्जुनरसिंह केसीले जेनजी आन्दोलनको प्रतिवेदनबारे प्रश्न राखेका थिए ।
उनले ३५ वर्षमा नभएको समाधान ३५ मिनेटमा नखोज्न आग्रह गरे । शाहले भने, ‘उहाँहरुको एकदमै संवेदनशील अवस्थामा हुनुहुन्थ्यो । म स्थानीय सरकारमा हुँदा नै संघ सरकारलाई उनीहरुलाई स्थान्तरण गरेर होल्डिङ सेन्टरमा राख्नुपर्ने र वास्तविक सुकुम्वासीको पहिचान गर्नुपर्ने सुझाव दिएको थिएँ ।
अहिले त्यही अनुरुप काम भइरहेको छ । ३५ वर्षमा समाधान नभएको कुरा ३५ मिनेटमा नखोज्नुस । प्रतिनिधिसभा बैठकमा उठेका प्रश्नको जवाफ दिने क्रममा उनले देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउनेगरी लागेको जिकिर गरे ।
‘हामीले निर्यात गर्ने विषयवस्तुहरूमा लाग्ने करहरू अहिले छुट पाइन्छ । हामी निर्यातमुखी हुनुपर्छ,’ उनले भने, ‘देशमा उत्पादन भएका चिज विभिन्न राष्ट्रमा निर्यात गर्न पाउँ भन्ने हिसाबले दुई वर्षका लागि टारेका हौं ।’
अहिले देशमा आत्मविश्वास बढाउने भन्दा पनि देशलाई पैसा चाहिएको उनले बताए ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



