Close

Recent Posts

बैंकमा थुप्रियो १२ खर्ब ८७ अर्ब, कहाँ गर्ने लगानी दोधारमा बैंक

बैंकमा थुप्रियो १२ खर्ब ८७ अर्ब, कहाँ गर्ने लगानी दोधारमा बैंक
  • १८ जेष्ठ २०८३, सोमबार १७:५२

काठमाडौं– सरकारले नयाँ बजेटमार्फत् कर छुटहरु दिए पनि व्यापक लगानी विस्तार गर्ने खालका उल्लेखनीय परियोजना अघि सार्न नसकेकै बेला बैंक तथा वित्तीय संस्थामा भने इतिहासकै सबैभन्दा धेरै तरलता (लगानी योग्य रकम) थुप्रिएको छ ।

mulpatra

अहिले केन्द्रीय बैंक र बाँकी बैंक तथा वित्तीय संस्थामा गरी कुल १२ खर्ब ८७ अर्बभन्दा ज्यादा अधिक तरलता थुप्रिएको बैंकरहरुले बताएका छन् । यो भनेको नेपालको इतिहासमै बैंकहरुमा थुप्रिएको सबैभन्दा ज्यादा रकम हो ।

राष्ट्र बैंकले गत जेठ १२ भन्दा पछिको दैनिक तरलता अवस्थाबारे तथ्यांक सार्वजनिक गरेको छैन । लगातार सार्वजनिक विदा परेका कारण यस्तो भएको छ । त्यसैले बजेट आउनुभन्दा तीन दिन अघिको अवस्थामा केन्द्रीय बैंकले बजारबाट खिचेर राखेको अधिक तरलताको आकार नै १० खर्ब ४९ अर्ब ५५ करोड रुपैयाँ पुगेको थियो ।

mulpatra mulpatra mulpatra

त्यतिबेला सबैभन्दा धेरै निक्षेप संकलन उपकरणमार्फत् ७ खर्ब ९२ अर्ब ५ करोड रुपैयाँ उठाएको थियो भने स्थायी तरलता सुविधा अन्तरगत ५७ अर्ब ५० करोड र राष्ट्र बैंक ऋणपत्रहरुमार्फत् २ खर्ब रुपैयाँ बैंक तथा वित्तीय संस्थाबाट तानेको थियो ।

१२ गते साँझसम्म बैंकहरुमा अधिक तरलता (सम्पूर्ण रिजर्भ कटाएर) ४२ अर्ब हाराहारीमात्रै थियो । तर त्यसपछि बैंकमा थुप्रिएको निक्षेप राष्ट्र बैंकले तानेको छैन । त्यसैले अहिलेसम्म बैंक तथा वित्तीय संस्थामा २ खर्बभन्दा ज्यादा अधिक तरलता थुप्रिएको बैंकर बताउँछन् ।

बैंकरहरु सरकारको यस्तो प्रवृत्तिले आगामी दिनमा अधिक तरलताको यो कीर्तिमानी अंक पटक पटक तोडिनसक्ने बताएका छन् ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com