Close

Recent Posts

देशद्रोही कुरा गर्ने प्रधानमन्त्री र रबर स्टाम्प राष्ट्रपति भएका बेला म झोला फ्याकेर अलपत्र छोडेर हिँड्दिन: ओली

देशद्रोही कुरा गर्ने प्रधानमन्त्री र रबर स्टाम्प राष्ट्रपति भएका बेला म झोला फ्याकेर अलपत्र छोडेर हिँड्दिन: ओली
  • २० जेष्ठ २०८३, बुधबार १६:१५

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले नेतृत्व छोडेर नहिँड्ने बताएका छन् । काठमाडौंको कार्की व्याङ्केटमा आयोजित राष्ट्रिय कार्यकर्ता कार्यशालामा चुनौतीपूर्ण परिस्थितिमा नेतृत्व छोड्ने गरि अध्यक्ष नबनेकोले पार्टीको नेतृत्व गरिरहने र चुनौतीहरूको सामना गर्दै अगाडि बढ्ने दृढता व्यक्त गरेका छन् ।

mulpatra

कार्यकर्ताले अध्यक्ष छानेकाले पार्टीलाई सफलतामा पुर्याएर मात्र विदा लिने भन्दै ओलीले भने ‘गएको ३ पुसमा मलाई अध्यक्ष छान्नुभएको थियो । सजिलो सजिलो पर्यो भने अनुकुल बातावरण बन्यो भने प्रधानमन्त्री खान पाइने भयो भने कस्सिएर अगाडि बढ्नु र प्रधानमन्त्री खानु, अप्ठ्यारो अवस्था आयो भने झोला फ्याकेर भागिहाल्नु भनेर होइन,’ ।

आफ्नो स्वास्थ्यमा पूर्ण सुधार आएको जानकारी दिँदै उनले भने ‘कही आशंका हुन सक्छ । मैले बीचैमा झोला फ्याकेर अलपत्र छोडेर हिँड्ने हो कि त्यो आशंका मनमा नलिनु होला,’ ओलीले भनेका छन्, ‘म अप्ठयारो परिस्थितिसँग जुधेर पार्टीलाई अगाडि बढाएर पार्टीलाई सफलतामा पुर्याएर अनि विश्राम लिनुपर्ने अवस्थामा विधिसम्मत पार्टीका आफ्ना विधि विधान प्रक्रिया छन् । त्यससंगत मैले विश्राम लिने अवस्था बन्छ ।’

mulpatra mulpatra mulpatra

कार्यक्रममा बोल्दै ओलीले प्रधानमन्त्री बालेन शाहले राष्ट्रघाती कुरा गरेको समेत आरोप लगाएका छन् । उनले भने, ‘सम्पूर्ण रूपमा असत्य, झूट र राष्ट्रघाती बचन प्रधानमन्त्रीले संसद्को रोष्ट्रमबाट बोल्नुहुँदैनथ्यो। नेपालको विपक्षमा बोल्ने काम भयो त्यस दिन सदनमा गएर कसको हितमा बोलियो ? नेपाली जनतालाई यो भन्दा बढी हेप्ने अरू कुनै ठाउँ हुँदैन।’

उनले देशद्रोही कुराका कतिपयले समर्थन गरेको देख्दा अचम्म लागेको बताए। सीमाबारे दुई देशको कुरामा अर्को देशलाई तान्ने कुरा अकूटनीतिक भएको टिप्पणी गरे।

सोही कार्यक्रममा ओलीले राष्ट्रपति रामचन्द्र पौडेलको भूमिकाप्रति असन्तुष्टि जनाउँदै राष्ट्रपति रबर स्टाम्प बनेको आरोप लगाएका छन् ।

Image Source: © https://mulpatra.com

उनले भने, ‘प्रधानमन्त्री बन्न संविधान चाहिएन, संविधान विपरीतको प्रधानमन्त्री बन्छ, संविधान विपरीत प्रतिनिधि सभा भङ्ग हुन्छ। अनि, सम्माननीय राष्ट्रपतिजी भन्नुहुन्छ– बडो जुक्तिले लोकतन्त्र बचाए भनेर। अहिलेसम्म आइपुग्दा राष्ट्रपतिजी रबर स्टाम्प बनेर जुन चिज गर्न नपर्ने हो, संविधानको रक्षक र पालकको हैसियतमा, त्यो नगरेर जुन चिज नगर्नु पर्ने हो, त्यो गरेर जेमा पनि हस्ताक्षर गर्ने काम राष्ट्रपतिज्यू गर्नुभएको छ।’
कार्यक्रममा ओलीले नेकपा एमाले देशप्रति, जनता प्रति, लोकतन्त्र प्रति, शान्ति प्रति, सुशासन र विकासका सङ्कल्प प्रति प्रतिबद्ध पार्टी भएका हुनाले यी कुनै कुरा मान्य नहुने समेत धारणा राखेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com