Close

Recent Posts

व्यवसायीजस्तै कामदारपनि जिम्मेवार बनाउनुपर्छ भन्ने एजेण्डासहित अध्यक्षका लागि पाण्डे मैदानमा

रेमिट्यान्सको हिस्सा मान्ने, व्यवसायी नस्वीकार्ने

व्यवसायीजस्तै कामदारपनि जिम्मेवार बनाउनुपर्छ भन्ने एजेण्डासहित अध्यक्षका लागि पाण्डे मैदानमारेमिट्यान्सको हिस्सा मान्ने, व्यवसायी नस्वीकार्ने
  • २२ जेष्ठ २०८३, शुक्रबार ०८:०८

काठमाडौं– वैदेशिक रोजगार क्षेत्रका व्यवसायी हरि पाण्डे वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदका लागि उम्मेदवारी दिने तयारीमा लागेका छन् । उनी हाल वैदेशिक रोजगार व्यवसायी एकता समाजका अध्यक्ष समेत छ ।

mulpatra

व्यवसायीका अधिकार र हित संरक्षणसँगै वैदेशिक रोजगारी प्रणालीलाई थप व्यवस्थित बनाउनुपर्ने एजेन्डा लिएर उनी जेठ २४ गते हुने संघको साधारण सभामा अध्यक्षको उम्मेदवारी दिने अन्तिम तयारीमा छन् ।

पाण्डेले वैदेशिक रोजगार क्षेत्रमा व्यवसायीमाथि मात्र जिम्मेवारी थोपर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताउँदै व्यवसायीजस्तै कामदार पनि आफ्नो दायित्वप्रति जिम्मेवार हुनुपर्ने एजेण्डका लागि मैदानमा उत्रिर्दै छन् ।

mulpatra mulpatra mulpatra

वैदेशिक रोजगार प्रक्रिया, श्रम सम्झौता र गन्तव्य देशको कानुन पालना गर्ने विषयमा सबै पक्षको समान उत्तरदायित्व आवश्यक रहेको पाण्डेको आवाज छ ।

सरकारले वैदेशिक रोजगार व्यवसायीलाई रेमिट्यान्सको हिस्सा मानेपनि व्यवसायी नस्वीकार्नेको प्रति उनको गुनासो छ ।

वैदेशिक रोजगार व्यवसायलाई मर्यादित, सुरक्षित र पारदर्शी बनाउन नीतिगत सुधार आवश्यक रहेको भन्दै पाण्डेले व्यवसायीको सम्मान र श्रमिकको हितलाई सँगसँगै अघि बढाउने प्रतिबद्धताका साथ मैदानमा उत्रिदै छन् ।

Image Source: © https://mulpatra.com

व्यवसायी, कामदार र सरकारबीच सन्तुलित सम्बन्ध कायम गरेर वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष समेत भएर व्यवसायीका हकहितमा बोल्दै आएका पाण्डे क्षेत्रीले कामदारहरूका नाजायज माग र वैदेशिक रोजगार विभागको अनुचित दबाबका कारण व्यवसायीहरू व्यवसाय बन्द गर्ने अवस्थामा पुगेको हालै मात्र युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवसँग भएको भेटमा राखे । उनको यो आवाज धेरै व्यवसायीका लागि राहत भएको समेत बताइएको छ ।

मन्त्रीलाई बुझाएको फाइलमा तोकिएको तलब तथा सेवा–सुविधा पाउँदापाउँदै काम छाडेर भागी २६ दिनदेखि युएईमा लुकेर परिवार लगाएर आफूलाई धम्की दिने एक बद्नाम कामदारको फाइल मन्त्री यादवलाई हस्तान्तरण गरे ।

संघको आगामी नेतृत्व चयनलाई लिएर चहलपहल बढिरहेका बेला हरि पाण्डेको उम्मेदवारीले व्यवसायी वृत्तमा थप चर्चा सुरु भएको छ । उनका समर्थकहरूले व्यवसायी र श्रमिक दुवैको जिम्मेवारी सुनिश्चित गर्ने नेतृत्वको आवश्यकता रहेको बताउँदै पाण्डेलाई अध्यक्ष पदका बलिया दाबेदारका रूपमा प्रस्तुत गरेका छन् । पाण्डेले संघमा वरिष्ठ उपाध्यक्ष समेत भएर काम गरिसकेका छन् ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com