‘सशक्त संघ, सुरक्षित व्यवसाय, समृद्ध वैदेशिक रोजगार क्षेत्रको प्रतिबद्धता गदै अध्यक्षमा भुर्तेलको उम्मेदवारी‘संघलाई बलियो बनाऔँ, व्यवसायलाई सुरक्षित गराऔँ’
काठमाडौं– वैदेशिक रोजगार क्षेत्र आज विभिन्न चुनौती, नीतिगत अन्योल, बढ्दो प्रशासनिक जटिलता तथा व्यवसायीमाथि बढ्दो दबाबका बीचबाट गुज्रिरहेको छ ।

यस्तो अवस्थामा व्यवसायीको हकहितको रक्षा गर्दै वैदेशिक रोजगार क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र सम्मानित बनाउन मेघनाथ भुर्तेले वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्ष पदमा उम्मेदवारी दिएका छ । उनी संघका पुर्वमहासचिव समेत हुन् ।
भुर्तेलले ‘सशक्त संघ, सुरक्षित व्यवसाय, समृद्ध वैदेशिक रोजगार क्षेत्र’ भन्ने मूल नारासहित आफ्नो उम्मेदवारी अघि सारेका हुन् । उनले संघलाई व्यवसायीहरूको साझा र बलियो संस्थाका रूपमा विकास गर्दै सरकारसँग प्रभावकारी समन्वय, व्यवसायीका समस्या समाधान तथा श्रमिक हित संरक्षणलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता जनाएका छन् ।
![]() |
![]() |
![]() |
|---|
व्यवसायीको अधिकार र सम्मानका लागि सशक्त आवाज उठाउँदै युवा श्रम तथा रोजगार मन्त्रालय र सम्बन्धित निकायसँग नियमित संवाद र सहकार्य गरी वैदेशिक रोजगारी क्षेत्रका समस्या समाधान गर्ने समेत उनले बताए । उनले महासचिव हुँदा समेत यो विषयलाई प्रथामिकतामा राखेका काम गरेका थिए ।
वैदेशिक रोजगार क्षेत्रका सिण्डिकेट, झन्झटिला प्रक्रिया र नीतिगत अवरोध हटाउन पहल गर्ने उनले बताए । ‘डिमाण्ड प्रमाणीकरण, श्रम स्वीकृति तथा अन्य प्रशासनिक प्रक्रियालाई सरल र प्रविधिमैत्री बनाउन दबाब सिर्जना गर्ने । नयाँ श्रम गन्तव्य मुलुकको खोजी र विस्तारका लागि सक्रिय भूमिका निर्वाह गर्ने र संघभित्र पारदर्शिता, उत्तरदायित्व र सबै सदस्यको सहभागिता सुनिश्चित गर्ने ।’ उनले भने ।
भुर्तेका अनुसार वैदेशिक रोजगार व्यवसायीलाई केवल नियमनको विषय नभई देशको अर्थतन्त्र, रोजगारी र रेमिट्यान्सको प्रमुख साझेदारका रूपमा स्थापित गर्न आवश्यक छ । उनले व्यवसायी, श्रमिक र सरकारबीच विश्वासको वातावरण निर्माण गर्दै वैदेशिक रोजगार क्षेत्रको दीर्घकालीन सुधारका लागि काम गर्ने प्रतिबद्धता व्यक्त समेत गरेका छन् ।
Image Source: © https://mulpatra.com
‘संघलाई बलियो बनाऔँ, व्यवसायलाई सुरक्षित गराऔँ र वैदेशिक रोजगार क्षेत्रलाई समृद्धिको आधार बनाऔँ’ भन्ने उद्देश्यसहित मेघनाथ भुर्तेले सम्पूर्ण व्यवसायीहरूको साथ, सहयोग र समर्थनको अपेक्षा गरेको समेत जानकारी दिए ।
विगतमा भएको गल्ती र समस्या सुुधार गदै नयाँ ढंगले व्यवसायी सुधारका लागि पहल गर्ने उनको भनाइ छ । ‘सुरक्षित वैदेशिक रोजगार, सिपसहितको श्रमिक, सम्मानजन व्यवस्थित व्यवसाय, समृद्ध राष्ट्र’ वैदेशिक रोजगार सुधारमा हाम्रो प्रतिबद्धता
प्रतिबद्धता र एजेण्डा
वैदेशिक रोजगारी नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भए पनि नीतिगत अस्पष्टता, प्रक्रियागत झन्झट, सिण्डिकेट, ठगी तथा श्रमिक–व्यवसायी–सरकारबीचको अविश्वासका कारण विभिन्न समस्या देखिएका छन् ।
यी चुनौती समाधान गर्दै क्षेत्रलाई थप व्यवस्थित, पारदर्शी र व्यवसायमुखी बनाउन निम्न योजना प्रभावकारी भुमिकाका साथ म मेघनाथ भुर्तेल वैदेशिक रोजगार व्यवसाय संघको अध्यक्ष पदमा उम्मेदवारसँगै मुख्य एजेण्डा पेश गरेको छु ।
१. नीतिगत सुधार
वैदेशिक रोजगार ऐन, नियमावली र निर्देशिकाको समयानुकूल संशोधन ।
श्रमिक र व्यवसायी दुवैको हित संरक्षण हुने स्पष्ट नीति निर्माण ।
लागत खर्चको वैज्ञानिक निर्धारण र नियमित पुनरावलोकन । फ्रि भिसा र टिकटमा लागत खर्च समय सापेक्ष बनाउन ।
२. पूर्ण डिजिटल प्रणाली
श्रम स्वीकृति, डिमाण्ड प्रमाणीकरण, करारपत्र र गुनासो व्यवस्थापनलाई डिजिटल बनाउने
कागजी प्रक्रिया घटाएर सेवा प्रवाह छिटो र पारदर्शी बनाउने ।
३. सिण्डिकेट अन्त्य र प्रतिस्पर्धा प्रवद्र्धन
स्वास्थ्य परीक्षण, भिसा प्रक्रिया र अन्य सेवामा खुला प्रतिस्पर्धा सुनिश्चित गर्ने
अनावश्यक बिचौलिया र एकाधिकार अन्त्य गर्ने । यसका कारण व्यवसायीमाथि प्रश्न उठ्दै आएको छ ।
४. व्यवसायीमैत्री वातावरण
वैदेशिक रोजगार व्यवसायीलाई नीति निर्माण प्रक्रियामा सहभागी गराउने । हरेक बर्षको बजेटमा व्यवसायी सुधारका लागि समाजेश गर्नुपर्ने ।
कानुनी रूपमा सञ्चालन भएका संस्थालाई अनावश्यक प्रशासनिक दबाब नदिने ।
व्यवसायीलाई साझेदारका रूपमा स्वीकार गर्ने । वैदेशिक रोजगारी क्षेत्रबाट आएको आयस्रोत अथवा रेमिट्यान्सको २० प्रतिशत हिस्सा दिने
५. श्रमिक सुरक्षा र सीप विकास
विदेश जानुअघि अनिवार्य सीप, भाषा र अभिमुखीकरण तालिमलाई प्रभावकारी बनाउने । जसका कारण बढी तलबका कामदार पठाउन सकिन्छ । भने रेमिट्यान्सपनि अहिलेभन्दा दोब्बर भिक्रिन्छ ।
गन्तव्य मुलुकमा श्रमिक सहायता प्रणाली बलियो बनाउने ।
बीमा, उद्धार र क्षतिपूर्ति प्रक्रियालाई सरल र छिटो बनाउने ।
६. नयाँ श्रम बजार विस्तार
युरोप, जापान, कोरिया, इजरायल लगायत उच्च आय भएका देशहरूसँग श्रम सम्झौता विस्तार गर्ने । यसमा सरकारले म्यानपावर व्यवसायीलाई सहभागि गराइ गन्तव्यका लागि योजना बनाउने
नेपाली श्रमिकको सीप र दक्षता बढाएर गुणस्तरीय रोजगारीमा पहुँच बढाउने ।
७. अवैध गतिविधिमाथि नियन्त्रण
अवैध एजेन्ट, ठगी र गैरकानुनी भर्ती प्रक्रियामाथि कडा कारबाही।
कानुनी व्यवसायी र अवैध बिचौलियाबीच स्पष्ट भिन्नता कायम गर्ने । यसैका कारण व्यवसायीमा माथि प्रश्न समेत उठ्दै आएको छ ।
८. त्रिपक्षीय सहकार्य
सरकार, व्यवसायी र श्रमिक प्रतिनिधिबीच नियमित संवाद संयन्त्र स्थापना ।
समस्या समाधानका लागि साझा कार्ययोजना निर्माण ।
९ .फ्रि भिसा–फ्रि टिकट नीतिको पुनरावलोकन
वास्तविक लागत अध्ययन गरी पारदर्शी लागत निर्धारण गर्नुपर्छ।
श्रमिकमाथि हुने अतिरिक्त आर्थिक भार रोक्न स्पष्ट व्यवस्था आवश्यक छ ।
नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूलाई समयमै डिमाण्ड प्रमाणीकरण गर्ने व्यवस्था गर्नुपर्छ ।
अनावश्यक ढिलाइले रोजगार अवसर गुम्ने अवस्था अन्त्य हुनुपर्छ ।
१०.समाजको दृष्टिकोण
वैदेशिक रोजगार क्षेत्रले लाखौं नेपालीलाई रोजगारी र देशलाई रेमिट्यान्स दिएको योगदानलाई स्वीकार गर्ने ।
केही व्यक्तिको कमजोरीका आधारमा सम्पूर्ण व्यवसायी समुदायलाई दोषी नठहराउने ।
वैदेशिक रोजगारीले शिक्षा, स्वास्थ्य र अर्थतन्त्रसहित विकासमा ल्याएको परिवर्तनको जानकारी गराउने ।
नोट
सरकारले व्यवसायीलाई हेर्ने नजरमा परिवर्तन
कानुनी व्यवसायी र अवैध दलालबीच स्पष्ट भिन्नता गर्ने ।
नीति निर्माणमा व्यवसायीको सहभागिता सुनिश्चित गर्ने ।
अनावश्यक प्रशासनिक झन्झट हटाई व्यवसायमैत्री वातावरण बनाउने ।
राम्रो काम गर्ने संस्थाहरूलाई प्रोत्साहन र सम्मान गर्ने ।
व्यवसायी संगठनहरूको भूमिका
आचारसंहिता कडाइका साथ लागू गर्ने ।
व्यवसायीका समस्या समाधानका लागि एकीकृत आवाज उठाउने ।
क्षमता विकास, तालिम र सचेतना कार्यक्रम सञ्चालन गर्ने ।
क्षेत्रको छवि सुधारका लागि सकारात्मक अभियान चलाउने ।
वैदेशिक रोजगारी क्षेत्रलाई केवल रेमिट्यान्सको स्रोत नभई श्रमिकको सम्मान, व्यवसायको दिगोपन र राष्ट्रिय आर्थिक विकासको आधारका रूपमा विकास गर्न दीर्घकालीन सुधार योजना आवश्यक छ ।
वैदेशिक रोजगार व्यवसाय संघको पुर्वमहासचिव तथा अध्यक्षको उम्मेदवारका लागि मतदान र सहयोग आपेक्षसहित यो क्षेत्र सुधार्न प्रभावकारी भुमिका निर्वाह गर्ने आश्वासनसहित सहयोगको अपेक्षा गरेको छु ।
भुर्तेलले संघको साधारण सभा उम्मेदवारका लागि दिएको प्रतिबद्धताका आधारमा बनाइएको रिपोर्ट
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



