परराष्ट्रमन्त्री खनाल र भारतीय समकक्षी जयशंकरबीच भेटवार्तापछि तीनबुँदे घोषणा
काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनाल र भारतीय समकक्षी एस. जयशंकरबीच भएको भेटवार्तापछि तीन बुँदे घोषणा जारी गरिएको छ ।

नयाँ दिल्लीमा शनिबार साँझ भएको भेटवार्तापछि दुवै पक्षले तीन बुँदे घोषणा जारी गरेका हुन्। खनाल र जयशंकरबीच भएको भेटवाताका क्रममा व्यापार र आर्थिक सहयोगका विषयमा छलफल भएको छ ।
त्यस्तै, सीमापार सम्पर्क, ऊर्जा साझेदारी, जलस्रोत व्यवस्थापन र खेलकुदमार्फत दुवै देशका जनताबीच सम्बन्धको प्रवद्र्धन गर्ने लगायतका विषयमा पनि छलफल भएको जनाएको छ ।
![]() |
![]() |
![]() |
|---|
द्विपक्षीय छलफलपछि तीन बुँदे घोषणा जारी गरिएको हो । खनालसँगको फलदायी बैठकको निरन्तरता स्वरुप घोषणा गरिएको भारतले जनाएको छ ।
तीन बुँदे घोषणाको पहिलो बुँदामा भारतले नेपालमा निर्माण गरेका संरचना हस्तान्तरण गरिएको छ ।
२०७२ सालको भूकम्पपछिको पुनर्निर्माण कार्यक्रमअन्तर्गत भारतले ७२ वटा स्वास्थ्य संस्था र १२ वटा साँस्कृतिक सम्पदा परियोजना निर्मण गरेको थियो। नयाँ दिल्लीमा भर्चुअल माध्यमबाट हस्तान्तरण गरिएको छ ।
Image Source: © https://mulpatra.com
दोस्रोमा सीमापार व्यक्तिगत विप्रेषणलाई सहज बनाउन बनाउने सहमति भएको छ । यसमा भारतको यूपीआई र नेपालको नेसनल पेमेन्ट्स इन्टरफेसबीच आबद्धता संयुक्त रूपमा सुरुवात गरिएको छ ।
तेस्रोमा भारतको भारतको डिजिटल इन्डिया भाषिनी र काठमाडौँ विश्वविद्यालयबीच समझदारी पत्र आदानप्रदान भएको छ । नेपालका लागि भोइस फस्ट भाषा अनुवाद प्लेटफर्मको राष्ट्रिय डिजिटल पूर्वाधार सहनिर्माण गर्न समझदारी पत्र आदानप्रदानको गरिएको हो। जसमा दुवै देशका विदेशमन्त्री साक्षी बनेका छन् ।
यसअघि परराष्ट्रमन्त्री खनालले भारतका उच्च अधिकारीसँग भेटवार्ता गरेका थिए । भारत भ्रमणमा रहेका खनाल जेठ २४ स्वदेश फर्कने कार्यक्रम छ ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



