Close

Recent Posts

आफनो बारेमा भ्रम र केही असहज बनाएकोप्रति संघका पुर्वसचिव दोर्जेको खण्डन तथा ध्यानाकर्षण

आफनो बारेमा भ्रम र केही असहज बनाएकोप्रति संघका पुर्वसचिव दोर्जेको खण्डन तथा ध्यानाकर्षण
  • २४ जेष्ठ २०८३, आईतवार १०:०२

काठमाडौं– वैदेशिक रोजगार व्यवसाय संघका पुर्वसचिव कुन्छा दोर्जे दिम्दोङले केही समाचारको खण्डनसहित ध्यानाकर्षण गराएको छ ।

mulpatra

उनी हिजो मूलपत्र डटकमा लेखजस्तै मनोनयन दर्ता कार्यक्रममा देखियो काका भतिजको आत्मिय सम्बन्ध शीर्ष समाचारमा आपत्ति समेत जनाएका छन् ।

वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको महासचिवको हैसियतले स्पष्ट गर्न चाहन्छु कि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा हाम्रो मञ्चले डिक बहादुर खत्री (कुमार) ज्यूको नेतृत्वमा रहेको संयुक्त व्यवसायिक समूहलाई नैतिक, भौतिक तथा सम्पूर्ण रूपमा समर्थन गर्दै निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गरिरहेको प्रष्ट पादै खण्डन मूलपत्रलाई पठाएका छन् ।

mulpatra

आदरणीय सम्पूर्ण व्यवसायीज्यूहरूमा हार्दिक नमस्कार।

हाल केही सञ्चारमाध्यम तथा सामाजिक सञ्जालमार्फत मेरो तस्बिर प्रयोग गरी सम्प्रेषित गरिएको समाचारप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उक्त समाचारमा उल्लेख गरिएका विषयवस्तुहरू पूर्ण रूपमा भ्रामक, तथ्यहीन, कपोलकल्पित तथा मेरो विचार, धारणा र अडानसँग कुनै पनि प्रकारले मेल नखाने भएकाले म यस विज्ञप्तिमार्फत त्यसको कडा शब्दमा खण्डन गर्दछु ।

Image Source: © https://mulpatra.com

म, कुन्छा दोर्जे दिम्दोङ, वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्चको महासचिवको हैसियतले स्पष्ट गर्न चाहन्छु कि नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आसन्न निर्वाचनमा हाम्रो मञ्चले डिक बहादुर खत्री (कुमार) ज्यूको नेतृत्वमा रहेको संयुक्त व्यवसायिक समूहलाई नैतिक, भौतिक तथा सम्पूर्ण रूपमा समर्थन गर्दै निर्वाचन अभियानमा सक्रिय भूमिका निर्वाह गरिरहेको छ ।

समाचारमा संकेत गरिएजस्तो कुनै व्यक्ति कृष्ण ढकाल वा समूहलाई मैले समर्थन गरेको भन्ने कुरा पूर्ण रूपमा असत्य हो। विशेषगरी, सम्बन्धित व्यक्तिसँग मेरो कुनै राजनीतिक वा संगठनात्मक सहकार्य नरहेको र यस्तो समर्थन गर्ने कुनै नैतिक, वैचारिक वा व्यावसायिक आधारसमेत नरहेको स्पष्ट गर्न चाहन्छु ।

मेरो पूर्वस्वीकृति, जानकारी तथा आधिकारिक धारणा नै नलिई मेरो तस्बिर प्रयोग गरी भ्रामक समाचार सम्प्रेषण गर्नु पत्रकारिताको न्यूनतम आचारसंहिता विपरीत कार्य हो। सम्बन्धित सञ्चारमाध्यम तथा समाचार सम्प्रेषणमा संलग्न पक्षसँग म सो समाचारको आधार, प्रमाण र स्रोत सार्वजनिक गर्न माग गर्दछु ।

साथै, मेरो अनुमति तथा आधिकारिक धारणा बिना मेरो नाम, तस्बिर वा अभिव्यक्तिलाई तोडमोड गरी गलत सन्देश प्रवाह गर्ने कार्य तत्काल बन्द गर्न र उक्त भ्रामक समाचार सच्याई सार्वजनिक रूपमा क्षमायाचना गर्न सम्बन्धित पक्षलाई आग्रह गर्दछु। यसरि मेरो व्यक्तित्व, प्रतिष्ठा तथा संगठनको छविमा पुगेको क्षतिको जिम्मेवारी सम्बन्धित पक्ष स्वयंले वहन गर्नुपर्ने समेत जानकारी गराउँदछु।

अन्त्यमा, सम्पूर्ण व्यवसायी साथीहरूलाई यस्ता भ्रामक तथा आधारहीन समाचारप्रति सचेत रहन हार्दिक अनुरोध गर्दछु ।

कुन्छा दोर्जे दिम्दोङ
महासचिव
वैदेशिक रोजगार व्यवसायी गणतान्त्रिक मञ्च

मूलपत्रले पनि उक्त समाचारलाई लेखकजस्तो मानेर छापेको हो ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com