सभामुखले तीनवटै तहका सरकारले बनाउने कानुन नबाझिने गरी बनाउने प्रतिबद्धता
काठमाडौं– सभामुख डीपी अर्यालले कानुन निर्माण गर्दा तीन तहका सरकारबिच समन्वय एवं सहकार्य हुनुपर्नेमा जोड दिएका छन्।

अन्तर व्यवस्थापिका मञ्चले कैलालीको टीकापुरमा आयोजना गरेको अन्तर व्यवस्थापिका सम्मेलनलाई सम्बोधन गर्दै संघीयता कार्यान्वयनमा संघीय संसद् र प्रदेशसभाबिच प्रभावकारी रूपमा समन्वय, सहयोग र सहकार्य हुनुपर्ने बताए।
उनले भने, तीन तहका सरकारबिचको समन्वय र सहकार्यमा नबाझिने गरी कानुन निर्माण हुनुपर्छ। तीनवटै तहका सरकारले बनाउने कानुन नबाझिने गरी काम गर्न म प्रतिबद्ध छु।

सबैसँग समन्वय, सहकार्य गरेर कानुन निर्माणलाई अगाडि बढाउनेछु। आपसी समन्वय र सहकार्यले मात्र जनताका अपेक्षालाई बुझेर काम गर्ने वातावरण बन्नेछ।’
कानुन निर्माण हुँदा लक्षित वर्गलाई केन्द्रमा राख्नुपर्ने बताए। कानुनको कार्यान्वयन गर्नुपर्ने वर्गले कानुन निर्माण भएपछि मात्रै थाहा पाउँदा कार्यान्वयनमा चुनौती देखिँदै गएका बताए। उनले लक्षित समूहसँग समन्वय र सहकार्य गरेर मात्रै कानुन निर्माण गरिनुपर्ने बताए।
Image Source: © https://mulpatra.com
सङ्घीयताले सिंहदरबारको अधिकार गाउँ गाउँमा पु¥याउने भनिए भए पनि त्यो अधिकार अझै सिंहदरबार बाहिर जान नसकेको बताए।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
