बैरो संघको प्रथम उपाध्यक्षमा महेश बस्नेतको उम्मेदवारी
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी निर्वाचनमा महेश बस्नेतले प्रथम उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

बस्नेत डिककुमार खत्री नेतृत्वको समूहबाट वरिष्ठ उपाध्यक्षमा उठेका हुन् । युवा व्यवसायी भएका कारण उनको उम्मेदवारीले युवाको ध्यान समेत तानेको छ ।
वैदेशिक रोजगार क्षेत्रको संस्थागत विकास, व्यवसायीको हकहित संरक्षण तथा व्यवसायलाई थप व्यवस्थित, मर्यादित र सुरक्षित बनाउने उद्देश्यका साथ उनले आफ्नो उम्मेदवारी दिएका जानकारी दिए ।
![]() |
![]() |
![]() |
|---|
तत्कालिन महासचिव समेत रहेका बस्नेतले व्यवसायीका साझा समस्या समाधान, संघको भूमिका सशक्त बनाउने, सरकारी निकायसँग प्रभावकारी समन्वय गर्ने तथा वैदेशिक रोजगार क्षेत्रप्रति सकारात्मक वातावरण निर्माण गर्न आफू प्रतिबद्ध रहेको बताएका छन्। उनले व्यवसायीको सम्मान, व्यवसायको सुरक्षा र संघको प्रभावकारिता वृद्धि आफ्नो प्राथमिकता राख्ने समेत बताएका छन् ।
प्रमुख एजेन्डा
व्यवसायीको हकहित र पेशागत सुरक्षाको संरक्षण
संघलाई थप प्रभावकारी, पारदर्शी र उत्तरदायी बनाउने
वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधारका लागि पहल
व्यवसायी र श्रमिकमैत्री वातावरण निर्माण
संघ र सरकारी निकायबीच समन्वय तथा सहकार्य सुदृढ गर्ने
चुनावी नारा



