बैरो संघको कोषाध्यक्षमा धनुको उम्मेदवारी
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आगामी निर्वाचनमा धन माया सिंजाली धुनले कोषाध्यक्ष पदमा उम्मेदवारी दिएकी छिन् ।
संघको आर्थिक व्यवस्थापनलाई थप पारदर्शी, उत्तरदायी र व्यवस्थित बनाउने प्रतिबद्धतासहित उनले आफ्नो उम्मेदवारी दिएको उनले बताइन् ।

तत्कालिन संघको कोषाध्यक्ष समेत रहेकी उनले यसपछि पनि दोहोरिएकी हुन् । ‘पारदर्शी वित्त, जिम्मेवार नेतृत्व — कोषाध्यक्षमा धनु सञ्जेल’ नाराका साथ उनले उम्मेदवारी दिएकी हुन् ।
सिंजालीले संघको आय–व्यय प्रणालीलाई संस्थागत गर्दै सदस्य व्यवसायीप्रति जवाफदेही आर्थिक प्रशासनको विकास गर्ने, संघको वित्तीय अनुशासन सुदृढ गर्ने तथा संघको स्रोत–साधनलाई व्यवसायीहरूको हितमा प्रभावकारी रूपमा परिचालन गर्ने एजेन्डा अघि सारेका छन् ।
![]() |
![]() |
![]() |
|---|
प्रमुख प्रतिबद्धता
संघको आर्थिक कारोबारमा पूर्ण पारदर्शिता
आय–व्ययको नियमित विवरण र सदस्यलाई जानकारी
वित्तीय अनुशासन र सुशासनको प्रवद्र्धन
संघको स्रोत–साधनको प्रभावकारी व्यवस्थापन
सदस्य व्यवसायीको हितलाई केन्द्रमा राखेर बजेट तथा कार्यक्रम सञ्चालन



