Close

Recent Posts

बैरो संघको वरिष्ठ उपाध्यक्षमा सन्जु गुरुङको उम्मेदवारी

बैरो संघको वरिष्ठ उपाध्यक्षमा सन्जु गुरुङको उम्मेदवारी
  • २३ जेष्ठ २०८३, शनिबार २०:३३

काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसाय संघको आगामी निर्वाचनमा सन्जु गुरुङले वरिष्ठ उपाध्यक्ष पदमा उम्मेदवारी दिएका छन् ।

mulpatra

स्वतन्त्र वैदेशिक रोजगार व्यवसाय समूह र हरिबहादुर पाण्डे प्यानलबाट उनले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।

वैदेशिक रोजगार क्षेत्रको संस्थागत विकास, व्यवसायीको हकहित संरक्षण तथा संघलाई थप सशक्त र प्रभावकारी बनाउने लक्ष्यसहित उनले उम्मेदवारी दिएको जानकारी दिए ।

mulpatra mulpatra mulpatra

गुरुङले व्यवसायीका समस्या समाधानका लागि नेतृत्वदायी भूमिका निर्वाह गर्ने, संघ र सरकारी निकायबीच समन्वय बढाउने तथा वैदेशिक रोजगार क्षेत्रलाई मर्यादित, व्यवस्थित र व्यावसायिक बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले व्यवसायीको एकता, पारदर्शिता र साझा हितलाई आफ्नो प्राथमिकतामा राखेका छन् ।

चुनावी नारा
‘अनुभवी नेतृत्व, साझा प्रतिबद्धता — वरिष्ठ उपाध्यक्षमा सन्जु गुरुङ’ र ‘सशक्त संघ, सुरक्षित व्यवसाय र व्यवसायीको सम्मानका लागि — सन्जु गुरुङलाई विजयी बनाऔँ।’

प्रमुख एजेन्डा
व्यवसायीको हकहित र पेशागत सुरक्षाको संरक्षण
संघलाई थप सक्रिय, प्रभावकारी र उत्तरदायी बनाउने
वैदेशिक रोजगार क्षेत्रका नीतिगत सुधारका लागि पहल
व्यवसायीबीच एकता र सहकार्यको वातावरण सुदृढ गर्ने
श्रमिक र व्यवसायी दुवैको हित हुने नीतिका लागि आवाज उठाउने

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com