मूलपत्र डिवेटस् तीनै ३ अध्यक्ष एकै ठाँउमा उभिएर प्रस्तुत गरे योजना र समस्या (डिवेटको भिडियो)
काठमाडौं– नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आगामी विशेष साधारणसभा तथा निर्वाचन नजिकिँदै जाँदा नेतृत्व चयनको सरगर्मी उत्कर्षमा पुगेको छ ।

जेठ २४ गते हुने निर्वाचनलाई संघको भावी दिशा तय गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ ।
उच्च अदालत पाटनले संघको प्रबन्ध समितिलाई नयाँ कार्यसमितिको निर्वाचन गराउने अधिकार रहेको आदेश दिएपछि उम्मेदवार छनोट, प्यानल निर्माण र चुनावी समीकरण थप तीव्र बनेका छन् ।

डिवेटको भिडियो
आज मूलपत्रले नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल लोकतान्त्रिक वैदेशिक रोजगार व्यवसायी एसोसिएसनबाट संघका पूर्व महासचिव मेघनाथ भुर्तेल, नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आइतबार हुने निर्वाचनका लागि नेकपा एमालेनिकट प्रगतिशील वैदेशिक रोजगार व्यवसायी मञ्च नेपाल संघका पूर्वप्रथम उपाध्यक्ष डिकबहादुर खत्री ‘कुमार’ र नेपाल वैदेशिक रोजगार व्यवसायी संघको आइतबार हुने निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीनिकट स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूह नेपाल वैदेशिक रोजगार व्यवसायी एकता समितिका अध्यक्ष तथा संघका पूर्वप्रथम उपाध्यक्ष हरिबहादुर पाण्डे क्षेत्रीसँग डिवेट गरेको थियो ।
Image Source: © https://mulpatra.com
हामीसँग गरेको उक्त डिवेटमा उनीहरुले वैदेशिक रोजगारी क्षेत्रमा सबैभन्दा ठुलो समस्या भनेकै नीतिगत बेथीति र सिण्डिकेट भएको छलफलमा भनाइ राखे ।
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com
