Close

Recent Posts

मनोनयन दर्ता कार्यक्रममा देखियो काका भतिजको आत्मिय सम्बन्ध

मनोनयन दर्ता कार्यक्रममा देखियो काका भतिजको आत्मिय सम्बन्ध
  • २३ जेष्ठ २०८३, शनिबार २३:२३

नेपाल वैदेशिक रोजगार व्यवसायी संघको विशेष साधारण सभा तथा नेतृत्व चयन प्रक्रियाअन्तर्गत उम्मेदवारी दर्ता कार्यक्रमका क्रममा देखिएको एक दृश्यले सहभागी व्यवसायीहरूको विशेष ध्यान आकर्षित गरेको छ। निवर्तमान सचिव कुन्छा दोर्जे डिमडुङ र स्वतन्त्र वैदेशिक रोजगार व्यवसायी समूहका तर्फबाट तृतीय उपाध्यक्ष पदका उम्मेदवार कृष्ण ढकाल बीच देखिएको आत्मीय सम्बन्ध र सौहार्दपूर्ण व्यवहार कार्यक्रमको चर्चित विषय बनेको थियो।

mulpatra


उम्मेदवारी दर्ताका लागि संघको कार्यालय परिसरमा विभिन्न पदका आकांक्षी, समर्थक तथा व्यवसायीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। चुनावी माहोल तातिँदै जाँदा विभिन्न समूह र उम्मेदवारहरू आफ्नो पक्षमा समर्थन जुटाउन व्यस्त देखिएका थिए। यस्तै माहोलका बीच कुन्छा दोर्जे डिमडुङ र कृष्ण ढकालबीचको हार्दिक भेटघाट, संवाद र आत्मीय व्यवहारले उपस्थित व्यवसायीहरूलाई सकारात्मक सन्देश दिएको छ।
दुवै व्यक्तित्वले संघको अघिल्लो कार्यकालमा एउटै समितिमा रहेर सहकार्य गरेका थिए। सो अवधिमा व्यवसायीहरूको हकहित संरक्षण, वैदेशिक रोजगार क्षेत्रका समस्या समाधान, नीतिगत सुधारका लागि पहल तथा सरकारी निकायहरूसँग समन्वय गर्ने विषयमा उनीहरूले संयुक्त रूपमा काम गरेका थिए। यही सहकार्यका कारण उनीहरूबीच व्यावसायिक मात्र नभई काका भतिजको रुपमा आत्मीय सम्बन्ध पनि स्थापित भएको पाइन्छ।


विशेष साधारण सभामा कृष्ण ढकालले तृतीय उपाध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका छन्। लामो समयदेखि वैदेशिक रोजगार क्षेत्रसँग आबद्ध रहेका ढकाल व्यवसायीहरूको अधिकार, व्यवसायिक वातावरणको सुधार तथा संघलाई थप सक्रिय र प्रभावकारी बनाउने एजेन्डासहित चुनावी मैदानमा उत्रिएका छन्। उम्मेदवारी दर्तापछि सञ्चारकर्मीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले संघलाई व्यवसायीहरूको साझा संस्था बनाउने, वैदेशिक रोजगार क्षेत्रका चुनौतीहरूको समाधानका लागि सशक्त आवाज उठाउने तथा व्यवसायीहरूको सम्मान र सुरक्षाका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन्।
यता निवर्तमान सचिव कुन्छा दोर्जे डिमडुङले भने यस पटक कुनै पनि पदमा उम्मेदवारी नदिने निर्णय गरेका छन्। उनले आफू नेतृत्वको प्रतिस्पर्धामा सहभागी नभए पनि संस्थाको हित, व्यवसायीहरूको एकता र सक्षम नेतृत्व चयनको पक्षमा रहने बताएका छन्। साथै उनले कृष्ण ढकाललाई नैतिक समर्थन रहेको उल्लेख गर्दै विगतमा सँगै काम गर्दा देखिएको नेतृत्व क्षमता, व्यवसायीप्रतिको प्रतिबद्धता र संस्थाप्रतिको समर्पणका आधारमा उनको सफलताको कामना गरेका छन्।

mulpatra


व्यवसायी का बिचमा ‘काका–भतिज’ को नामले परिचित यी दुई व्यक्तित्वबीचको सम्बन्ध निकै पुरानो मानिन्छ। विभिन्न कार्यक्रम, आन्दोलन, छलफल तथा संस्थागत गतिविधिहरूमा उनीहरू प्रायः सँगै देखिने गरेका छन्। यही आत्मीय सम्बन्ध उम्मेदवारी दर्ताका क्रममा पनि झल्किएको थियो। चुनावी प्रतिस्पर्धा र विभिन्न समूहगत समीकरणका बीच पनि व्यक्तिगत सम्बन्ध, आपसी सम्मान र सहकार्यको भावना कायम रहेको दृश्यले धेरैलाई प्रभावित बनाएको बताइन्छ।


वैदेशिक रोजगार क्षेत्रका जानकारहरूका अनुसार संघको आगामी नेतृत्व चयनले व्यवसायीहरूको भविष्य, नीतिगत पैरवी तथा सरकारसँगको सम्बन्धलाई प्रभाव पार्ने भएकाले यसपटकको विशेष साधारण सभालाई चासोका साथ हेरिएको छ। यस्ता बेला विभिन्न समूहका व्यक्तिहरूबीच देखिएको सद्भाव र सहकार्यको सन्देशले संस्थागत एकतालाई बल पुग्ने विश्वास व्यक्त गरिएको छ।

Image Source: © https://mulpatra.com


उम्मेदवारी दर्ता कार्यक्रमका क्रममा देखिएको कुन्छा दोर्जे डिमडुङ र कृष्ण ढकालबीचको आत्मीयताले चुनावी प्रतिस्पर्धाभन्दा माथि उठेर संस्थाको हित, व्यवसायीहरूको एकता र साझा उद्देश्यका लागि सहकार्य गर्न सकिने सन्देश दिएको उपस्थित व्यवसायीहरूको भनाइ छ। विशेष साधारण सभा नजिकिँदै जाँदा नेतृत्व चयनका गतिविधि थप तीव्र बन्दै गए पनि यस्ता दृश्यले संघभित्रको आपसी सम्मान र सहकार्यको संस्कृतिलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com