प्रधानमन्त्रीले सदनमा माफी नमागेसम्म सदन चल्न नदिने : एमाले सांसद पद्मा अर्याल
काठमाडौं । नेकपा एमालेकी संसदीय दलकी उपनेता पद्मा अर्यालले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा उपस्थित भएर आफ्नो विवादास्पद अभिव्यक्ति फिर्ता लिई माफी नमागेसम्म सदन सञ्चालन हुन नदिने चेतावनी दिएकी छन्।

सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै अर्यालले राष्ट्रियताको विषय कुनै दल विशेषको नभई सम्पूर्ण नेपालीको साझा सरोकार भएको बताइन्। उनले नेपाल–भारत सीमासम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्तिलाई गम्भीर विषयका रूपमा लिँदै त्यसको तत्काल भूल सुधार हुनुपर्ने माग गरिन्।
उनले प्रधानमन्त्रीलाई संसद्मा उपस्थित गराएर क्षमायाचनासहित उक्त अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताइन्। “राष्ट्रियताको मामिलामा पक्ष र विपक्ष हुँदैन। हामी सबै एकताबद्ध भएर भूल सुधार गरौँ र राष्ट्रिय संकल्पको प्रस्ताव पारित गरौँ,” उनले भनिन्।
![]() |
![]() |
![]() |
|---|
अर्यालले कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालको अभिन्न भूभाग भएको दोहोर्याउँदै ती क्षेत्र निःसर्त रूपमा नेपाललाई फिर्ता हुनुपर्ने धारणा राखिन्। उनले सभामुख डिपी अर्याललाई राष्ट्रिय सहमति निर्माण गरी संसद्बाट स्पष्ट सन्देश दिन नेतृत्व गर्न आग्रह गरिन्।
प्रधानमन्त्रीको अभिव्यक्ति राष्ट्रहितविपरीत रहेको दाबी गर्दै उनले त्यसलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने मागसमेत गरिन्। साथै, आर्थिक विधेयकमाथि हेरफेर गरिएको विषय उठाउँदै सरकारले संसद्प्रति जवाफदेही हुनुपर्ने बताइन्।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



