Close

Recent Posts

सरकारलाई परिपक्क बनाउन रविलाई लिङदेनको सुझाव

सरकारलाई परिपक्क बनाउन रविलाई लिङदेनको सुझाव
  • २५ जेष्ठ २०८३, सोमबार १२:०२

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको प्रारम्भिक लक्षण ठिक नदेखिएको भन्दै परिपक्व व्यवहार देखाउन रास्वपालाई सुझाव दिएका छन् ।

mulpatra

सभापति रवि लामिछानेले राखेको सर्वदलीय बैठकबाट निस्किँदै लिङदेनले संसदमा प्रतिपक्षी गणितमा कमजोर छ भन्दैमा शक्ति पृथकीकरणको सन्तुलन र नियन्त्रणलाई भत्काउने काम गरिरहेको भन्दै देश जित्नेको मात्र नभई हार्नेको पनि भएको बताए ।

आफूले वैदेशिक सम्बन्धको सवालमा अपरिपक्व व्यवहार नदेखाउन सुझाएको लिङदेनको भनाइ छ ।

mulpatra mulpatra mulpatra

उनले भने– यो सरकारले गर्ने गलत क्रियाकलापको सिकार सम्पूर्ण देश हुन्छ । परिपक्व व्यवहार गरियोस् । चाहे प्रधानमन्त्रीको सीमासम्बन्धी मन्तव्य होस् । चाहे रास्वपाका सभापति भारतमा गएर हामी विगतको भारी बोक्दैनौँ भनेको सवाल होस् । होसियारी अपनाइयोस् ।

विगतको भारी बोक्दैनौँ भनेको विगतमा सबै नराम्रो भएका थिए भन्न खोजेको हो ? भन्दै लिङदेनले थपे– लिम्पियाधुरा कालापानी हाम्रो हो भनेर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामीले सर्वसम्मतले संसदबाट पारित गरेर संविधानको अनुसूचीमा राखेको विषय पनि बोक्दिनँ भन्न खोजेको अर्थ लाग्न सक्छ ।

चुनावपछि पहिलो पटक सत्तारुढ दलको आव्हानमा दलहरूबीच भएको यो छलफल राम्रो सुरूवात भन्दै उनले यसको निरन्तरताको कामना गरे ।

Image Source: © https://mulpatra.com

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com