सदनमा प्रधानमन्त्रीले वाक्य नसच्याएसम्म सदन अवरुद्ध गरिरहन्छौंः हर्कराज राई
काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य हर्कराज राईले प्रधानमन्त्री बालेन्द्र शाहले संसद्मा आएर नेपाल–भारत सीमासम्बन्धी आफ्नो विवादास्पद अभिव्यक्ति नसच्याएसम्म प्रतिनिधिसभाको अवरोध जारी रहने बताएका छन्।

सोमबार प्रतिनिधिसभाको बैठकको आकस्मिक समयमा बोल्दै सांसद राईले प्रधानमन्त्री स्वयं संसद्मा उपस्थित भएर आफ्नो भनाइ सच्याउनुपर्ने माग गरे। उनले परराष्ट्रमन्त्री वा अन्य मन्त्रीले स्पष्टीकरण दिएर समस्या समाधान नहुने भन्दै प्रधानमन्त्रीकै जवाफ आवश्यक रहेको बताए।
“प्रधानमन्त्रीले सीमा सम्बन्धमा व्यक्त गरेको धारणा सच्याउनुपर्छ। अरू मन्त्रीले सच्याएर हुँदैन, उहाँ आफैँ संसद्मा आएर सच्याउनुपर्छ,” राईले भने।
![]() |
![]() |
![]() |
|---|
प्रधानमन्त्री शाहले नेपालले भारतको सीमा मिचेको आशयको अभिव्यक्ति दिएको भन्दै त्यसप्रति आपत्ति जनाउँदै राईले राष्ट्रिय स्वाभिमान र सार्वभौमिकतासँग जोडिएको विषयमा सरकार स्पष्ट हुनुपर्ने बताए। उनले नेपालको सीमाको सुरक्षाका लागि नेपाली सेनालाई आवश्यक स्थानमा परिचालन गर्नुपर्ने धारणा पनि राखे।



