गोल्डेन बुटको रोचक दौडमा ३ सुपरस्टार फुटबलर

गोल्डेन बुटको रोचक दौडमा ३ सुपरस्टार फुटबलर
  • ९ असार २०८३, मंगलवार १८:४५

काठमाडौं– फिफा विश्वकप २०२६ मा फुटबलका तीन चम्किला ताराहरूले शानदार प्रदर्शन गरिरहेका छन् । सर्वकालीन महान लियोनल मेसीले दुई खेलमा ५ गोल गर्दै अर्जेन्टिनालाई अघि बढाइरहँदा फ्रान्सका लागि किलियन एम्बाप्पे र नर्वेका एर्लिङ हाल्याण्ड पनि धेरै पछाडि छैनन् ।

mulpatra

एम्बाप्पे र हाल्यान्डले दुई म्याचमा ४–४ गोल गरेका छन् । यी तीनै खेलाडीको खुट्टाबाट कुल १३ गोल निस्किसकेको छ । दुई खेलपछि तीनजना खेलाडीले चार वा त्यसभन्दा बढी गोल हानेको विश्वकपको इतिहासमै मात्र दोस्रो पटक हो । यसअघि सन् १९५४ मा यस्तो भएको थियो ।

मेसीले अर्जेन्टिनाको लागि अस्ट्रियाविरुद्ध ब्रेस (दुई गोल) गरे । यससँगै उनी विश्वकपको सर्वकालिक गोलकर्ताको रूपमा १८ गोलसहित शीर्ष स्थानमा पुगेका छन् । ३८ वर्षको उमेरमा पनि कीर्तिमानमाथि किर्तिमान खप्टिइरहेका छन् मेसी । तर, उनको विश्वकपमा सर्वाधिक गोलको किर्तिमानलाई एम्बाप्पेबाट खतरा छ ।

mulpatra mulpatra mulpatra

एम्बाप्पेले पनि दुई खेलमा दुई गोल गर्दै मेसीलाई नजिकबाट पछ्याइरहेका छन् । फ्रान्सको १००औं अन्तर्राष्ट्रिय खेलमा उनले इराकविरुद्ध दुई गोल गरे । मौसमको कारण खेल ढिलो भए पनि उनले फ्रान्सको सर्वकालिक गोलकर्ताको कीर्तिमान आफ्नो नाममा लेखे ।

विश्वकपमा सर्वाधिक गोलकर्ताको सूचीमा पनि देस्रो स्थानमा चढेका छन् एम्बाप्पे । उनले १६ गोलसहित जर्मनीका मिरोस्लाभ क्लोसेसँग बराबरी गरेका हुन् । मेस्सीसँग उनको २ गोलको मात्र दुरी छ । मेसीको यो सम्भवत अन्तिम विश्वकप हो तर एम्बाप्पेले अझै धेरै खेल्न बाँकी रहेकाले मेसीको रेकर्ड ब्रेक गर्ने प्रचुर सम्भावना छ ।

यता, हाल्यान्डले नर्वेको लागि सेनेगलविरुद्ध ब्रेस गरे र टिमलाई अन्तिम ३२ मा पु¥याए । यो उनको विश्वकप करियरको उत्कृष्ट सुरुवात हो । उनी मात्र छैटौं खेलाडी हुन् जसले आफ्नो पहिलो दुई विश्वकप खेलमा ब्रेस गरेका छन् । इङ्ल्यान्डका ह्यारी केनले पनि सुरुवाती खेलमा दुई गोल गरेका थिए । अब उनी पनि यो होडमा सामेल हुने सम्भावना छ ।

Image Source: © https://mulpatra.com

फ्रान्सेली फुटबल विशेषज्ञ जुलियन लरेन्स भन्छन्, ‘ठूला स्टारहरूले बल सधैं आफूसँग राख्न चाहन्छन् । उनीहरू गोल्डेन बुट मात्र होइन, सर्वकालिक कीर्तिमान पनि खोजिरहेका छन् ।’

स्कटल्याण्डका पूर्व स्ट्राइकर एली म्याककोइस्टले भने, ‘प्राकृतिक फुटबल प्रतिभामा मेसी अगाडि छन्, एम्बाप्पे दोस्रो । तर गोल फिनिसिङमा हाल्यान्ड सर्वोत्कृष्ट छन् ।’
नर्वेका प्रशिक्षक स्टाले सोल्बाकेनले हाल्यान्डको प्रशंसा गर्दै भने, “उनी सर्वोत्कृष्ट स्ट्राइकर हुन् । फ्रान्स वा अर्जेन्टिनाबाट खेल्नु सजिलो हुन्छ, तर नर्वेबाट गोल गर्नु ठूलो कुरा हो ।”

तीन स्टारहरुबीच गोल्डेन बुटको रोचक प्रतिस्पर्धा सुरु भइसकेको छ । यी स्टारहरूले फ्रान्सका जस्ट फन्टेनको १९५८ को एक विश्वकपमा १३ गोलको कीर्तिमान तोड्ने लक्ष्य राखेका छन् ।

यो होडले विश्वकपलाई अझ रोचक बनाएको छ । अब प्रश्न यो छ– गोल्डेन बुट कसले जित्ला ? मेसीको अनुभव, एम्बाप्पेको स्पीड वा हाल्यान्डको फिनिसिङ ? फुटबल प्रेमीहरूका लागि यो ‘ड्रीम रेस’ बनेको छ । ह्यारी केन पनि यो दौडमा सामेल हुन सक्छन्, जसले ईंग्ल्याण्डको पहिलो म्याचमा २ गोल गरेका थिए ।

नयाँ ४८ टोलीको विश्वकप प्रारूपले धेरै गोलको सम्भावना स्पष्ट रूपमा बढाएको देखिन्छ । कमजोर वरीयताका टोलीहरू थपिएसँगै विश्वका उत्कृष्ट आक्रामक खेलाडीहरूले यसको राम्रो फाइदा उठाएका छन् ।

यसबाहेक विश्वकप विजेता बन्ने टोलीले यसअघिभन्दा एक चरण बढी खेल्नुपर्ने भएकाले गोलको संख्या अझै बढ्न सक्छ ।

एम्बाप्पेले गोल्डेन बुटको सम्भावनाबारे भनेका छन्, ‘अहिले म त्यसबारे सोचिरहेको छैन। लियो (मेसी) सधैँ गोल गर्छन् । उनले सधैँ गरेका छन् र सधैँ गरिरहनेछन् । यदि मैले उनी के गरिरहेका छन् भनेर लगातार हेर्न थालेँ भने, आफूले अझ धेरै गर्नुपर्ने दबाब महसुस हुनेछ। त्यसैले म उनीतर्फ ध्यान दिन्न । मेरो ध्यान केवल टोलीलाई मद्दत गर्नेमा छ। टोलीलाई सहयोग गर्दा गोल पनि हुन्छ र त्यही स्तर नजिक पुग्न पनि सकिन्छ ।’

हाल्यान्डका प्रशिक्षक स्टेल सोलबाकेनले भने आफ्ना खेलाडीको खुलेर प्रशंसा गरेका छन् ।

उनले भने, ‘उनी उत्कृष्ट स्ट्राइकर हुन् । उनी फ्रान्स वा अर्जेन्टिनाका लागि होइन, नर्वेका लागि खेलिरहेका छन् । उनले अहिले चार गोल गरिसकेका छन् र विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा दुई पटक दुई–दुई गोल गरेका छन् । फ्रान्स र अर्जेन्टिनाजस्ता बलिया टोलीका लागि खेल्दा गोल्डेन बुट जित्न अपेक्षाकृत सजिलो हुन्छ । तर, हामी एर्लिङलाई थप खेल र थप सहयोग दिने प्रयास गर्नेछौं । उनी उत्कृष्ट लयमा छन् र सबैभन्दा ठूलो मञ्चमा गोल गर्न सफल भएकोमा म धेरै खुसी छु ।’

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com