रास्वपा महाधिवेशनमा २ सय ४ जनाको उम्मेदवारी, मतदान जारी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनअन्तर्गत केन्द्रीय सदस्य पदका लागि मतदान जारी रहेको छ। बुधबार मध्यराति १२ बजेदेखि विद्युतीय मतदान शुरु भएको थियो ।

पार्टीको विधान अनुसार पहिलो चरणमा सभापति तथा ९९ जना केन्द्रीय सदस्य चयनका लागि मतदान भइरहेको हो। प्रारम्भिक रूपमा ३ सय ८४ जनाले उम्मेदवारी दर्ता गराएका भए पनि दाबी–विरोधको छानबिन, उम्मेदवारी फिर्ता तथा खारेजी प्रक्रियापछि अन्तिम रूपमा २ सय ४ जनाको उम्मेदवारी कायम भएको छ।
रास्वपा विधानअनुसार केन्द्रीय समिति १ सय ५८ सदस्यीय रहने व्यवस्था छ। तीमध्ये ९९ जना निर्वाचनमार्फत चयन हुनेछन् भने बाँकी सदस्यहरू पछि मनोनयन गरिनेछन्।
![]() |
![]() |
![]() |
|---|
सभापति पदमा रवि लामिछाने को मात्र उम्मेदवारी परेकाले उनी यसअघि नै निर्विरोध निर्वाचित भइसकेका छन्। सभापति र केन्द्रीय सदस्यहरूको निर्वाचन परिणाम सार्वजनिक भएपछि दोस्रो चरणमा आठ पदाधिकारी पदका लागि निर्वाचन गरिनेछ।
मतदान सुरु हुनुअघि महाधिवेशन प्रतिनिधिहरूको नामावली टुंगो लगाउन ढिलाइ भएका कारण निर्वाचन प्रक्रिया प्रभावित भएको थियो। पूर्वनिर्धारित समयअनुसार बुधबार बिहान ८ बजेदेखि मतदान सुरु हुने भनिए पनि आवश्यक तयारी पूरा हुन नसक्दा प्रक्रिया मध्यरातिसम्म धकेलिएको थियो।
मतदान ढिलाइ भएपछि केही प्रतिनिधिहरूले असन्तुष्टि जनाउँदै मतदान बहिष्कारको नारा समेत लगाएका थिए। स्थिति तनावपूर्ण बनेपछि महाधिवेशन स्थलमा सुरक्षाकर्मीको उपस्थिति बढाइएको थियो।
Image Source: © https://mulpatra.com
Image Source:
- Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com



