स्कटल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा

स्कटल्याण्डलाई हराउँदै ब्राजिल नकआउट चरणमा
  • ११ असार २०८३, बिहीबार ०६:३१

गएराति भएको खेलमा स्कटल्याण्डलाई हराएपछि ब्राजिल अमेरिकामा जारी विश्वकप २०२६ को नकआउट चरणमा प्रवेश गरेको छ।

mulpatra

मियामी स्टेडियममा भएको समूह ‘सी’ को यो खेलमा ब्राजिलले स्कटल्यान्डलाई ३–० ले हराउँदै समूह विजेता बनेको छ। स्कटल्याण्डमाथि सहज जित निकाल्दा ब्राजिलको ७ अंक बनेको छ ।

स्कटल्यान्डमाथि सहज जित निकाल्दा ब्राजिलका भिनिसियस जुनियरले दुई र मथेउस कुन्हाले एक गोल गरे। भिनिसियसले खेलको सातौं मिनेटमा गोल गर्दै पहिलो अग्रता लिएका थिए। भिनिसियसले पहिलो हाफको इन्जुरी समयमा गोल अग्रता दोब्बर बनाए। ६०औं मिनेटमा कुन्हाले गोल गर्दै अग्रता तेब्बर बनाए।

mulpatra mulpatra mulpatra