Close

Recent Posts

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

साउदी उड्नुअघि प्रतिकामदार ३२ हजार आर्थिक भार, एसभिपीले सिप परिक्षणभन्दा पैसा असुल्न मात्र खोलिएजस्तो देखियो

६४ प्रतिशत किसान सूचीकरण, वर्गीकरण र परिचयपत्र अर्को वर्ष

६४ प्रतिशत किसान सूचीकरण, वर्गीकरण र परिचयपत्र अर्को वर्ष
  • २१ असार २०८३, आईतवार १२:५०

काठमाडौं– सरकारले राष्ट्रिय अभियानको रूपमा सञ्चालन गरिरहेको ‘किसान सूचीकरण कार्यक्रम’ले लक्ष्यभन्दा बढी सफलता हासिल गरेको कृषि सूचना तथा प्रशिक्षण केन्द्रले दाबी गरेको छ ।

mulpatra

आर्थिक वर्ष २०८२÷८३ को असार मसान्तसम्म २४ लाख ५० हजार किसान सूचीकृत गर्ने लक्ष्य राखिएकोमा उक्त लक्ष्य पार गर्दै हालसम्म देशभरि २६ लाख ४५ हजार किसान परिवार यस प्रणालीमा आबद्ध भइसकेको केन्द्रले जनाएको हो ।

यो संख्या देशका कुल किसान परिवारको करिब ६४ प्रतिशत हो । सरकारको १०० बुँदे कार्यसूचीमा उच्च प्राथमिकताका साथ समेटिएको यस कार्यक्रमले पछिल्लो समय तीव्र गति लिएको केन्द्रको भनाइ छ । किसानहरूको अथक परिश्रम र योगदानको सम्मान, पहिचान तथा संरक्षण गर्न ‘खाद्य अधिकार तथा खाद्य सम्प्रभुतासम्बन्धी ऐन, २०७५’ अनुरूप यो अभियान सञ्चालनमा ल्याइएको हो ।

mulpatra mulpatra mulpatra

कृषि, वन तथा पर्यावरण मन्त्रालयको विशेष सक्रियता, कृषि सूचना तथा प्रशिक्षण केन्द्रको समन्वय र स्थानीय तहहरूको निरन्तर प्रयासका कारण सूचीकरणमा यो सफलता प्राप्त भएको दाबी गरिएको छ ।

सरकारले आगामी वर्षबाट किसानको वर्गीकरणसहित ‘किसान परिचयपत्र’ वितरण गर्ने तयारी थालेको केन्द्रकी प्रमुख शवनम शिवाकोटीले जानकारी दिइन् । कृषि मन्त्रालयले यसका लागि आवश्यक तयारी अगाडि बढाउन केन्द्रलाई निर्देशन दिइसकेको उनले बताइन् ।

मन्त्रालयको निर्देशनपछि केन्द्रले विद्यमान प्रणालीलाई अद्यावधिक गर्ने तथा प्रदेश र स्थानीय तहसँगको समन्वय एवम् सहजीकरणको कामलाई तीव्रता दिएको छ । साथै, केन्द्रले सूचीकरण र प्रमाणीकरणको कामलाई उच्च प्राथमिकतामा राखेर शीघ्र सम्पन्न गर्न सबै स्थानीय तहहरूलाई अनुरोधसमेत गरेको छ ।

Image Source: © https://mulpatra.com

किसान परिचयपत्र वितरणले कृषकहरूलाई राज्यबाट उचित पहिचान र सम्मान प्रदान गर्न ठूलो सहयोग पुग्ने विश्वास लिइएको छ । यसबाट सरकारले प्रदान गर्ने कृषि सेवा तथा सुविधाहरूलाई एकीकृत गर्न, वास्तविक तथ्यांक संकलन गर्न र किसानलाई दिइने अनुदानको प्रभावकारी अनुगमन गर्न सहज हुनेछ ।

त्यसैगरी, विद्यमान अन्य सरकारी प्रणालीहरूसँग अन्तरआबद्धता कायम गरी सेवा प्रवाहलाई थप सरल, पारदर्शी र प्रभावकारी बनाउन सकिने सरकारको भनाइ छ ।

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com