Close

Recent Posts

क वर्गका वाणिज्य बैंकले कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने, १० लाख रुपैयाँसम्मको धितो आफैं मूल्याङ्कन गरी कर्जा दिन सक्ने

क वर्गका वाणिज्य बैंकले कुल कर्जाको न्यूनतम १० प्रतिशत कृषि क्षेत्रमा लगानी गर्नुपर्ने, १० लाख रुपैयाँसम्मको धितो आफैं मूल्याङ्कन गरी कर्जा दिन सक्ने

सरकारले बाससँग गाँस खोसेपछि रातभरी भोकै बसेको भन्दै होल्डिङ सेन्टर सुकुमवासी आन्दोलित

सरकारले बाससँग गाँस खोसेपछि रातभरी भोकै बसेको भन्दै होल्डिङ सेन्टर सुकुमवासी आन्दोलित
  • २३ असार २०८३, मंगलवार १३:४६

काठमाडौं– सरकारले खानाको व्यवस्था नगरेपछि खरिपाटीस्थित नेपाल विद्युत प्राधिकरणको तालिम केन्द्रका सुकुमवासीहरूमा विरोधमा उत्रिएका छन् ।

mulpatra

सोमबार बेलुकादेखि आफूहरूले खाना नपाएको त्यहाँ बसेका सुकुमवासीहरू बताएका छन् । ‘खाना नदिएपछि रातभरी भोकै बस्यौं । केही उपाय नलागेपछि बिहानैदेखि विरोध गरिरहेका छौं’, होल्डिङ सेन्टरका एक सुकुमवासीले भने ।

संयुक्त राष्ट्रिय सुकुमवासी मोर्चाका उपाध्यक्ष पवन गुरुङले सोमबार विहानसम्म खाना पाएको बताए । उनले भने, ‘हिजो बिहान खाना खाएर निस्केको हुँ । साँझदेखि खाना नदिएको रहेछ । म कोठा खोज्दै हिंडेको छु ।’

mulpatra mulpatra mulpatra

अधिकार सम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले असार २४ गतेभित्र होल्डिङ सेन्टर खाली गर्न निर्देशन दिएको थियो । ‘सरकार आफैले होल्डिङ सेन्टरमा बस्न दिएको अवधीसम्म पनि भोकै राख्यो,’ खरिपाटीकै अर्का सुकुमवासी भन्छन्, ‘हाम्रो भन्दाबढी विचल्ली विरामी, पाका उमेरका र बालबालिकाको भयो । खाना खाएपछि खानु पर्ने औषधि नखाई बस्नु भएको छ ।’

सरकारले गत वैशाखमा बागमती र मनोहरा किनारका बस्ती खाली गरेर विभिन्न होल्डिङ सेन्टरमा राखेको थियो । खरिपाटीमा ९९ परिवारका २०७ जना छन् । सुकुमवासीले विरोध गर्न थालेपछि अहिले त्यहाँ सुरक्षाकर्मी परिचालन गरिएको छ ।