स्पेनको अगाडी रोनाल्डोको केही चलेन, १–० जितसँगै स्पेन क्वाटरफाइनलमा

स्पेनको अगाडी रोनाल्डोको केही चलेन, १–० जितसँगै स्पेन क्वाटरफाइनलमा
  • २३ असार २०८३, मंगलवार ०६:५४

अमेरिकाको डलासस्थित एटी एन्ड टी स्टेडियममा भएको फिफा विश्वकप २०२६ को अन्तिम–१६ को रोमाञ्चक भिडन्तमा स्पेनले पोर्चुगललाई १–० ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। इन्जुरी समयको पहिलो मिनेटमा मिकेल मेरिनोले गरेको निर्णायक गोल स्पेनको जितका लागि पर्याप्त बन्यो।

mulpatra

९१औँ मिनेटमा फेरान टोरेसको उत्कृष्ट पासमा मैदान छिरेको केही मिनेटमै मेरिनोले पोर्चुगलका गोलरक्षक डिओगो कोस्टालाई बिट गर्दै बल जाली चुमाए। निर्धारित समयभर गोलरहित बराबरीतर्फ उन्मुख खेललाई मेरिनोको गोलले एकाएक स्पेनतर्फ मोडिदियो।

पहिलो हाफमा दुवै टोलीले केही राम्रा अवसर सिर्जना गरेका थिए। खेलको सुरुमै मिकेल ओयार्जाबालले अवसर गुमाए भने डिओगो कोस्टाले लामिन यामल र एलेक्स बाएनाको प्रहार उत्कृष्ट रूपमा बचाए। यता पोर्चुगलका नुनो मेन्डेसको शक्तिशाली प्रहार क्रसबारमा लागेर फर्किएपछि पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो।

mulpatra mulpatra mulpatra

दोस्रो हाफमा स्पेनले बलमाथि नियन्त्रण कायम राख्दै लगातार दबाब सिर्जना गर्‍यो। पोर्चुगलले केही काउन्टर आक्रमण गरे पनि कप्तान क्रिस्टियानो रोनाल्डोलाई प्रभावकारी रूपमा खेलमा उतार्न सकेन। अनुभवी स्ट्राइकर रोनाल्डोले केही सीमित अवसर पाए पनि स्पेनका गोलरक्षक उनाई सिमोनलाई चुनौती दिन सकेनन्।

यो हारसँगै ४१ वर्षीय रोनाल्डोको विश्वकप यात्रा पनि टुंगिएको छ। प्रतियोगिता सुरु हुनुअघि नै उनले विश्वकप २०२६ आफ्नो अन्तिम विश्वकप हुने घोषणा गरेका थिए। अन्तर्राष्ट्रिय फुटबलका सर्वाधिक गोलकर्ता रोनाल्डोले आफ्नो गौरवपूर्ण करियरमा धेरै उपाधि जिते पनि विश्वकप ट्रफी उचाल्ने सपना भने अधुरै रह्यो।

स्पेनका लागि यो जित ऐतिहासिक पनि बनेको छ। सन् २०१० मा विश्वकप जितेपछि पहिलो पटक स्पेन विश्वकपको क्वाटरफाइनलमा पुगेको हो। प्रशिक्षक लुइस डे ला फुएन्तेको टोलीले प्रतियोगिताभर उत्कृष्ट रक्षात्मक प्रदर्शन गर्दै लगातार क्लिनसिट कायम राखेको छ।

Image Source: © https://mulpatra.com

खेलपछि स्पेनका खेलाडी र समर्थकले ऐतिहासिक जितको उल्लास मनाइरहँदा, रोनाल्डो भावुक मुद्रामा मैदान छाड्दै देखिए। एकातिर स्पेनको नयाँ पुस्ताले अर्को सफलताको यात्रा सुरु गरेको छ भने अर्कोतिर विश्व फुटबलका महान् खेलाडीमध्ये एक रोनाल्डोको विश्वकप अध्याय औपचारिक रूपमा समाप्त भएको छ। एजेन्सी

Image Source:

  • Prabhu Mahalaxmi Life Insurance GIF: © https://mulpatra.com