अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वाटर फाइनलमा

अमेरिकालाई ४–१ ले हराउँदै बेल्जियम क्वाटर फाइनलमा
  • २३ असार २०८३, मंगलवार ०७:५२

फिफा विश्वकप २०२६ अन्तर्गत राउन्ड अफ १६ को प्रतिस्पर्धामा बेल्जियमले घरेलु टोली अमेरिकालाई ३–१ ले पराजित गर्दै क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ। खेलभर आक्रामक प्रदर्शन गरेको बेल्जियमका लागि चार्ल्स डी केटलेरेले दुई तथा हान्स भानकेनले एक गोल गरे।

mulpatra

बेल्जियमले खेलको नवौं मिनेटमै डी केटलेरेको गोलबाट अग्रता बनाएको थियो। तर ३१औं मिनेटमा अमेरिकाका मलिक टिलम्यानको प्रहार हान्स भानकेनलाई छोएर दिशा परिवर्तन भएपछि बल जालीमा पुग्दै खेल १–१ को बराबरीमा पुगेको थियो। त्यसको एक मिनेटपछि नै लेन्ड्रो ट्रोसार्डको उत्कृष्ट क्रसमा डी केटलेरेले हेडमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै बेल्जियमलाई पुनः २–१ को अग्रता दिलाए।

दोस्रो हाफको ५७औं मिनेटमा हान्स भानकेनले गोल थप्दै बेल्जियमलाई ३–१को अग्रता दिलाए । दोश्रो हाफमा थप गरिएको ४ मिनेटको इन्जुरी समयमा दुई मिनेट बाँकी हुँदा ओलआनाले चौथो गोल गरेपछि बेल्जियम फराकिलो अन्तरले जित निकाल्न सफल भयो । ४–१ को जितसँगै बेल्जियमले अन्तिम आठमा स्थान बनाएको छ भने अमेरिकाको विश्वकप यात्रा राउन्ड अफ १६ मै टुंगिएको छ।

mulpatra mulpatra mulpatra