आत्मदाह प्रयास गरेका गणेश नेपालीको सम्पूर्ण उपचार सरकारले गर्ने, उपचारका लागि भारतको दिल्ली लगिँदै
काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर घाइते भएका गणेश नेपालीको सम्पूर्ण खर्च सरकारले गर्ने भएको छ । बिहिबार त्रिपुरेश्वरमा काठमाडौं महानगरपालिकाका प्रहरीले आफ्नो मोटरसाइकलमा ह्वील लक गरिदिएपछि पठाओ चालकका रुपमा कार्यरत उनले आफैलाई आगो लगाएका थिए ।

आगो लाग्ने वित्तिकै उद्धार गरिएका नेपालीलाई वीर अस्पतालमा उपचार भइरहेकोमा तत्काल उपचारका लागि भारतको दिल्ली लगिने भएको छ । घाइते नेपालीको अवस्था बुझ्न प्रधानमन्त्रीका सचिवालय साथै गृहमन्त्री समेत वीर अस्पताल पुगेका थिए ।
गृहमन्त्रीले वीर अस्पतालमा गएर विरामीको निरिक्षण गरेपछि चिकित्सकहरूसँग परामर्श गरेका थिए । गृहमन्त्रीले चिकित्सकसँगको परामर्शपछि घाइते नेपालीलाई तत्काल भारत लैजान आवश्यक पर्ने सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी राख्न निर्देशन दिएका छन् ।
![]() |
![]() |
![]() |
|---|



