Close

Recent Posts

आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलगिने

आत्मदाह प्रयास गरेका गणेश नेपालीलाई उपचारका लागि तत्काल भारत नलगिने
  • २६ असार २०८३, शुक्रबार ०९:४७

काठमाडौं । त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर घाइते भएका गणेश नेपालीलाई तत्काल उपचारका लागि भारत नलगिने भएको छ । उनको स्वास्थ्य स्थिर रहेकाले चिकित्सकहरूको सुझाव अनुसार उनलाई तत्काल नलगिने भएको हो ।

mulpatra

त्रिपुरेश्वरस्थित राहदानी विभाग अगाडि आत्मदाह प्रयास गरेर घाइते भएका गणेश नेपालीको सम्पूर्ण खर्च सरकारले गर्ने भएको छ । बिहिबार त्रिपुरेश्वरमा काठमाडौं महानगरपालिकाका प्रहरीले आफ्नो मोटरसाइकलमा ह्वील लक गरिदिएपछि पठाओ चालकका रुपमा कार्यरत उनले आफैलाई आगो लगाएका थिए ।

आगो लाग्ने वित्तिकै उद्धार गरिएका नेपालीलाई वीर अस्पतालमा उपचार भइरहेकोमा तत्काल उपचारका लागि भारतको दिल्ली लगिने भएको छ । घाइते नेपालीको अवस्था बुझ्न प्रधानमन्त्रीका सचिवालय साथै गृहमन्त्री समेत वीर अस्पताल पुगेका थिए ।

mulpatra mulpatra mulpatra

गृहमन्त्रीले वीर अस्पतालमा गएर विरामीको निरिक्षण गरेपछि चिकित्सकहरूसँग परामर्श गरेका थिए । गृहमन्त्रीले चिकित्सकसँगको परामर्शपछि घाइते नेपालीलाई तत्काल भारत लैजान आवश्यक पर्ने सम्पूर्ण प्राविधिक तथा व्यवस्थापकीय तयारी राख्न निर्देशन दिएका छन् ।